Monday, October 25

ड्युटीमा बच्चालाई दूध खुवाउँदा महिला प्रहरीलाई सार्वजनिक रुपमा माफी माग्न बाध्य पारियो

March 15, 2021 930

काठमाडौं। ड्युटीमा रहँदा आफ्नो बच्चालाई दूध खुवाइरहेकी एक महिलाको तस्वीर सामाजिक संजालमा भाइरल भयो । पछि यी महिला कम्बोडियाकी प्रहरी अधिकारी रहेको खुलासा भयो । ती महिलाले ड्युटीमा रहँदा आफ्नो बच्चालाई दूध खुवाइरहेकी थियन् । यो फोटो भाइरल भएपछि ती महिलाका बरिष्ठ अधिकारीहरुले ती महिलालाई सार्वजनिक रुपमा गल्ती स्वीकार गरेर माफी माग्न बाध्य पारे । अब यो घटनाले अन्तर्राष्ट्रिय रुपमै अधिकारको बहस सृजना भएको छ ।

भिओए कम्बोडियाका अनुसार सिथोंग सोखा नामकी यी महिला प्रहरीलाई बरिष्ठ अधिकारीहरुले सार्वजनिक रुपमा खेद प्रकट गर्नको लागि दबाब दिएका थिए । उनलाई सार्वजनिक रुपमा फेसबुकमा उनले कम्बोडियाका महिलाहरु र पुलिस फोर्सको प्रतिष्ठालाई बदनाम गरेको लेख्न लगाइयो । तर, यो घटनापछि कम्बोडियाको महिला मन्त्रालयले सिथोंगमाथि उनका बरिष्ठ अधिकारीले गरेको व्यवहारप्रति आपत्ति जनाएको छ । महिला मन्त्रालयका एक अधिकारीले सिथोंगप्रति गरिएको व्यवहारले आफूलाई निकै निराशा भएको बताउँदै खासमा सिथोंगको प्रशंशा गरिनुपर्ने बताए ।

मन्त्रालयले एक वक्तव्यमा सिथोंगले आफ्नो फोटो पोस्ट गर्दा मानिसहरुको ध्यान तान्न कुनै पनि कामुकताको प्रयोग नगरेको बताएको छ । यससँगै महिलाको अधिकारको लागि काम गरिरहेका कार्यकर्ताहरुले कम्बोडियामा कामकाजी आमाहरुको अधिकार सुनिश्चित गरिनुपर्ने माग गरेका छन् । संगठनहरुले कामकाजी आमाहरुको आवश्यकता अनुसार कार्यालयमा पर्याप्त व्यवस्था गरिनुपर्ने माग गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्