Saturday, April 17

त्यसैले त भन्छु, ‘आदेश देउ प्रचण्ड अर्को यु’द्ध ल’ड्न तयार छौँ’

March 15, 2021 264

काठमाडौं। करिब २२ बर्ष भयो । माओवादी आन्लोलनमा सहभागी भएकै कारण शाही सरकारबाट मेरो बुबा मारिनुभयो । म ७ बर्षको थिएँ । सरकारी स्कुलमा २ कक्षामा पढ्थेँ । बुबाको ह त्यापछि परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर भयो । पार्टी युद्धको मैदानमा थियो । हामीलाई माया गर्नेभन्दा हाम्रो दुःखबाट टाढिने धेरै थिए ।

आमा २९ बर्षको उमेरमा बिधुवा हुनुभयो । बिधुवा महिलालाई परिवार अनि समाजले हेर्ने दृष्टिकोण राम्रो थिएन । ममाथि एक दिदी हुनुहुन्छ । अनि मभन्दा मुनि ३ वर्षको भाइ थियो । जग्गा जमिन प्रसस्त थियो । घरमा हजुरबुबा हुनुहुन्थ्यो । कुनै पेसा नभएकाले म मामाघर बसेर पढ्न थालेँ ।

प्रतिकृया दिनुहोस्