Saturday, April 17

गाईले जन्मायो तीन वटा बाच्छी जन्मायो, लक्ष्मीको संज्ञा दिँदै गाइलाई हेर्न आउनेको भिड बिचित्र

March 14, 2021 599

डोटीको जोरायल गाउँपालिका–५, धुपारीस्थित मोहनबहादुर बोगटीको घरमा गाईले तीन वटा बाच्छी जन्माएको छ । स्थानीय जातको गाइले ३ वटा बाच्छी पाएपछि उनको घरमा बाच्छी हेर्न आउनेको भिड लाग्ने गरेको स्थानीयवासी तथा शिक्षक प्रकाशबहादुर रावलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाईले ३ वटा बाच्छी पायो, अहिले पनि लक्ष्मीको संज्ञा दिँदै हेर्नेको भिड लाग्ने गरेको छ ।’

एउटै गाईले ३ वटा बाच्छी पाएको डोटीमा पहिलो घटना भएको भन्दै स्थानीयहरु चकित परेका छन् । गाईले ३ वटा बाच्छी पाएपछि अहिले दूध खुवाउन समस्या भएको किसान मोहनबहादुर बोगटीले बताउनुभयो । गाईले पाएका ३ वटा बाच्छीमध्ये एउटा बाच्छी भने गाईले कुल्चेर मरेको कृषक बोगटीले बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्