News

नायिका पूजा शर्माले नेपालमा ७२ प्रदेश र १४ जिल्ला छन् भनेपछि भिडियो भाइरल

काठमाडौँ । लामो समयदेखि चर्चामा रहेकी लोकप्रिय नायिका पूजा शर्मा ट्रोलको शिकार भएकी छिन् । प्राइम टेलिभिजनको अन्तरवार्ताका क्रममा उनले नेपालमा ७२ वटा प्रदेश र १४ जिल्ला छन् भनेपछि उनले अहिले ट्रोलको सामना गर्नु परेको हो ।

कार्यक्रम संचालक प्रकाश सुवेदीले नेपालमा कति वटा प्रदेश र जिल्ला छन् भनेर सोधेको प्रश्नमा नै पूजा चिप्लिन पुगेकी छिन् । उत्तरमा पूजाले नेपालमा ७२ प्रदेश र १४ जिल्ला छ भनेको भिडियोको क्लिप सामाजिक संजाल र टिकटकमा भाइरल बनिरहेको छ ।

पूजा शर्माले उक्त अन्तर्वार्तामा नेपालको संचारमन्त्रीदेखि अर्थमन्त्रीको नाम समेत नजानेपछि उनी नै रातो न पिरो बनेकी छिन् ।

उक्त अन्तरवार्ता विबादित र भाइरल बनेसँगै अहिले उक्त भिडियो युट्युवबाट नै हटाइएको छ । भिडियोको कमेन्ट्समा पूजाले आफ्नै देशका बारेमा सामान्य जानकारी पनि राख्न नसकेको भन्दै धेरैले दुख ब्यक्त गरेका छन् । हेर्नुहोस् पूजाले दिएको जवाफ भिडियोमा के भनिन

 

Related Articles

Back to top button
Close