कसैको मृत्युमा पूरै घरमा शोकको माहोल हुन्छ। तर, सबैलाई आश्चर्यचकित पार्दै एक उद्योगपतिको अन्तिम यात्रामा भने उनका छोरीहरुले उत्सव मनाए।
धुमधामसँग ब्याण्ड बाजासहित उनको शवयात्रा निकालियो। शवयात्रामा ४ छोरीहरुले मचाले नाचेर उत्सव मनाए। उनीहरुले धुमधामका साथ पिताको शवयात्रा लिएर श्मशानतर्फ जाँदा देख्नेहरु सबै चकित परेका थिए।
भारतको नयाँ दिल्लीनजिकै नोएडामा यहाँका उद्योगपति तथा नोएडा इन्टरप्रेनर्स एसोसिएसनका पूर्व अध्यक्ष हरिभाइ लालवानीको बिहीबार मृत्यु भएको थियो। ब्रेनस्ट्रोकका कारण गम्भीर अवस्थामा अस्पताल भनाइ गरिएका लालवानीको अस्पतालमै मृत्यु भएको थियो। शनिबार उनको अन्तिम संस्कार गरिएको हो।
लालवानीकी जेठी जोरी अनिताका अनुसार उनको मृत्युमा गरिएको उत्सव मृतक लालवानीकै इच्छा थियो। लालवानीले जसरी बच्चा जन्मिँदा उत्सव मनाइन्छ त्यसरी नै उनको मृत्युमा पनि उत्सव होस् भन्ने चाहन्थे। उनको सोच थियो ‘मृत्यु पनि निकै सुन्दर हुन्छ होला जसलाई पाउनको लागि जिन्दगी गुमाउनुपर्छ।’ लालवानीले यति सुन्दर मृत्यु पाउँदाको यो सफर यो संसारमा उनको अन्तिम उत्सवको रुपमा मनाइयोस् भन्ने चाहना राखेका कारण आफूहरुले यस्तो उत्सव गरेको अनिताले बताएकी छिन्।
लसुनले तरकारी स्वादिष्ट बनाउने मात्रा हैन औषधीको रुपमा काम समेत गर्दछ । मानिसले यसको खेती गर्न थालेको पाँच हजार वर्ष भइसक्यो । मानव स्वास्थ्यका लागि गुणकारी लसुन खाँदा स्वास्थ्य राम्रो हुन्छ। लसुनको टुुप्पो एकाबिहानै खाँदा धेरैथरी रोगबाट बच्न सकिन्छ ।
लसुनका विशेषताको अध्ययन गर्दा यो त गजबको एन्टीबायोटिक हो भन्ने पत्ता लाग्यो । अझ खाली पेट लसुन खाँदा यसले पेटका हानिकारक ब्याक्टेरियालाई मारिदिन्छ ।
ग्यास्ट्रिकको समस्या भएकाले बिहान खाली पेटमा तातो पानीसँग लसुन खादा निकै फाइदा पुग्छ ।
लसुनका अन्य पनि धेरै फाइदा छन् । तपाईं मुसा तथा फंगल संक्रमणबाट बच्नका लागि छालामा लसुन दल्न सक्नुहुन्छ । छालाका अन्य धेरै रोगबाट लसुनले बचाउँछ ।
लसुनले रगत पातलो बनाएर जम्नबाट रोक्छ।
लसुन नियमित खाँदा रुघाखोकी लाग्दैन।
स्नायुप्रणालीको गडबडीलाई पनि लसुनले रोक्छ।
लसुन खाँदा रक्तचाप स्थिर हुन्छ । यसले हाइपरटेन्सन पनि घटाउँछ।
लसुनले पेनकिलरको पनि काम गर्छ । शरीरको कुनै भाग सुन्निँदा पनि लसुनले फाइदा गर्छ।
प्रतिकृया दिनुहोस्