News

वालिङमा खोलामा खसेका २२ वर्षीय युवकको शव फेला

वालिङ, १४ असार- वालिङ नगरपालिका –५लसुनेस्थित पक्की पुलबाट मिर्दीखोलामा खसेर गए राति बेपत्ता भएका एक युवकको शव फेला परेको छ । अन्दाजी २२ वर्षीय लोकबहादुर थापा दमार्इंको शव वालिङ–६ ढलेको स्वामीस्थित खोलाको किनारमा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । ती युवक रुपन्देही जिल्ला घर भई हाल वालिङ–७ केवरेस्थित भिनाजुको घरमा बस्दै आएका बताइएको छ । (रासस)

Related Articles

Back to top button
Close