Sunday, April 11

बिक्री भयो गौतमबुद्ध क्रिकेट रंगशालाको कुर्सी हेर्नुहोस कति नम्बरको,कसले लियो?

March 13, 2021 320

“काठमाडौं : चितवनको भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रि’केट रंगशालामा रहेको ७७ नम्बरको कुर्सी ख’रिद गरिएको छ।धुमुर्स सुन्तली फा’उण्डेसनले निर्माण गरिरहेको रंग’शालामा रहेको ७७ नम्बरको कुर्सी नेपाली क्रिकेट फ्यान अन फेसबुक ग्रुप ९एनसीएफ एफ० ले खरिद गरेको हो।

“फेसबुकमा रहेका क्रिकेट सम’र्थकको समूह एनसीए फएफले सहयोग संक’लन गरेर नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काको जर्सी नम्बर ७७ को सिट आफ्नो नाममा बनाएको फाउण्डेसनका प्रतिनिधि कुमार कट्टेलले जानकारी दिए। एनसीएफएफले ७७ नम्बरको कुर्सी आफूहरुको नाममा दिन आग्रह गरेको थियो।

“त्यसपछि फाउण्डेसनले सो कुर्सी दिने निर्णय गरेको हो।कुर्सी अभियानमा उठेको रकम केही दिनमा फाउण्डेसन लाई हस्तान्तरण गरिने एनसीएफएफका सिनियर एडमिन सागर खरेलले जानकारी दिए।

यो पनि,,जब प्रदेश २ का प्रमुख झाले कक्षा १ का विद्यार्थीलाई पढाए

“जनकपुर– प्रदेश २ का प्रमुख डा राजेश झाले जनकपुर को एक विद्यालयको निरीक्षण गर्ने क्रममा कक्षा १ का विद्यार्थीलाई पढाएका छन् । जनकपुरधाम उपमहानगर पालिकाको वडा नं. ९ स्थित श्री सरस्वती उच्च माविको कक्षा १ का बालबालिकालाई प्रदेश प्रमुख झाले पढाएका हुन् ।

“शुक्रवार दिउँसो करिब १ बजे अचानक विद्यालय पुगे का प्रदेश प्रमुख झाले आफूले कक्षा १ का बच्चाहरुको कक्षामा केही समय बिताउन चाहेको इच्छा व्यक्त गरेका थिए । मुलुककै पुरानो विद्यालयको रुपमा चिनिने जनक पुरधामको ऐतिहासिक सरस्वती माविमा पुगेर कक्षा १ का बच्चाहरुलाई उनले आधा घण्टा पढाएका थिए ।

“देश निर्माणमा अहम भूमिका खेलेका विभिन्न क्षेत्रका हस्तीहरु सो विद्यालयको कक्षा १ बाटै शिक्षादीक्षा आर्जनको थालनी गरेकाले सोही कक्षामा केहि समय बिताउन चाहेको उनले बताए ।

“‘यो विद्यालय त्यही हो, जहाँ नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव, वर्तमान उपप्रधानमन्त्री ईश्वर पोखरेल, कांग्रेस उपसभापति विमलेन्द्र निधी, पूर्व गर्भनर सत्य प्यारा श्रेष्ठ र केयुका उपकुलपति सुरेशराज शर्मा जस्ता दर्जनौं हस्तीहरु उत्पादन भएका छन् । तर, यस्ता व्यक्ति उत्पादन गर्ने विद्यालय आज जर्जर अवस्थामा पुगेको छ ।’ उनले भने ।

“२००४ सालमा स्थापना भएको विद्यालयमा हाल ८ सय ५० जना विद्यार्थी विद्यालयको कक्षा १२ सम्म अध्ययनरत छन् । २०७२ सालको महाभूकम्पपछि विद्यालयको मुख्य भवन प्रयोग विहिन भएपनि पुनर्निर्माणमा कसैको ध्यान जान सकेको छैन । तीन विघा १९ कठ्ठा क्षेत्रफलमा रहेको विद्यालयमा २०७०\०७१ तथा ०७३/०७४ मा नयाँ भवन बनाइए पनि पुरानो ऐतिहासिक भवन विनाश हुने अवस्थामा पुगेको छ ।

“विद्यालयका प्रधानाध्यापक सत्यनारायण मण्डलले विद्यालयमा प्रदेश प्रमुखको आगमनले शिक्षकहरूमा देखिएका कमी कमजोरीसमेत उजागर भएको र यसले त्यसलाई सुधार्ने प्रेरणा मिलेको प्रतिक्रिया दिए ।

प्रतिकृया दिनुहोस्