Sunday, April 11

भर्खरै आयो दु:खद खबर, सुरूङमा काम गरिरहेका मजदूरको माथिबाट झरेको ढुङ्गाले कि:चेर मृ:त्यु!

March 13, 2021 211

ताप्लेजुङ । ताप्लेजुङस्थित तमोर नदीमा निर्माणाधीन मध्यतमोर जलविद्युत् आयोजनाको सुरुङ मार्गमा काम गरिरहेका दुई मजदुरको माथिबाट झरेको ढुङ्गाले किचेर ज्यान गएको छ ।
ज्यान गुमाउनेमा उदयपुर घर भएका २२ वर्षीय अमर विश्वकर्मा र भोजपुर घर भएका २८ वर्षीय सन्तोष बानियाँ रहेका छन् । सुरुङभित्र काम गर्दै गरेको अवस्थामा आज दिउँसो करिब २ बजे माथिबाट झरेको ढुङ्गाले लागेर उनीहरुको घटनास्थलमा नै ज्यान गएको आयोजनाका करण गौतमले जानकरी दिए ।
थुम्बाबाट मित्लुङ निस्कने आउटलेट सुरुङभित्र उनीहरू काम गर्दै थिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

यो पनि पढ्नुहोस;-हुम्लामा अहिले अनौठो घटना भएको छ । त्यहाँ अदानचुली गाउँपालिकाले वडा अध्यक्षहरूका लागि ल्याइएका दश वटा मोटरसाइकल अहिले सबै बिरामी भएका छन् । मोटरसाइकल बिरामी भएपछि सदरमुकाम सिमकोट देखि ४४ कोष टाढा पर्ने श्रीनगर स्वास्थ्य चौकी अहिले ग्यारेजमा परिणत भएको छ ।

बिरामी भएर श्रीनगर स्वास्थ्य चौकीमा भर्ना भएका मोटरसाइकल देखेर उपचार गर्न आएका बिरामीहरु छक्क छन् । स्वास्थ्य चौकीलाई मोटर साइकल ग्यारेज बनाउँदा स्वास्थ्य चौकी नै दुर्गन्धित भएको छ ।

अदानचुली गाउँपालिका वडा नं ३ श्रीनगरमा रहेको स्वास्थ्य चौकीमा बिरामीको उपचारका लागि राखिएका बेड वरिपरि मोटरसाइकल राखिएका छन् । बिरामी निको हुन स्वास्थ्य संस्थामा जान्छन् तर ग्यारेजमा परिणत भएको श्रीनगर स्वास्थ्य चौकीमा स्वास्थ्य मान्छे गए पछि बिरामी हुने अवस्थामा रहेको स्थानीय गोविन्द रोकायाले बताए ।

गाउँपालिकाको केन्द्र श्रीनगरमा रहेको स्वास्थ्य चौकीमा विगत ९ महिना देखी पालिकाका दस वटा सहित केही ब्याक्तिगत मोटरसाइकल स्वास्थ्य चौकी भित्र भण्डार गरी राखिएको छ । स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रमा स्थानीय सरकारका जिम्मेवार ब्यक्ती को लापरबाहीले स्वास्थ्य क्षेत्र नै प्रभावित भएको स्थानीय धनराज धामीले बताएको समाचार रेडियो कैलाशबाट साभार गरिएको हो ।

प्रतिकृया दिनुहोस्