Tuesday, September 21

माओवादी केन्द्रले सरकारबाट मन्त्रीहरूलाई फिर्ता बोलायो

March 13, 2021 191

नेकपा एमाले नेतृत्वको सरकारमा सहभागी आफ्ना नेताहरूलाई मन्त्रिपरिषद्‌बाट फिर्ता हुन माओवादी केन्द्रले निर्देशन दिएको छ।शनिवार बसेको पार्टीको स्थायी कमिटी बैठकले त्यस्तो निर्णय गरेको नेता पम्फा भुसालले बताइन्।

“सरकारमा मन्त्री हुन गएका साथीहरू र सांसदहरूलाई तुरुन्त पार्टीमा फर्कन भनिएको छ,” उनले भनिन्।

आफ्ना मन्त्रीहरूलाई फर्कन भनेको भए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता गरि नसकिएको भुसालले बीबीसीलाई जानकारी दिइन्।

प्रतिकृया दिनुहोस्