Monday, November 29

४० वर्षपछी छोरो भेट्दा हर्षित आमा खुसीको सिमा रहेन

March 13, 2021 336

४० वर्षसम्म हराएको मानिस पछि जिउँदो भेटिने घटना शायद कमै हुन्छ होला । तर २०३७ सालमा इलामबाट हराएका एक नेपाली पुरुष भारतको कोलकाताको एउटा कारागारमा भेटिएका छन्।

इलामको एक तप्पाबाट हराउँदा २० वर्षका युवक रहेको दीपक जैसी तिम्सिनालाई उनका परिवारका सदस्यले केही दिन अघि भेटेका छन्। कर्तव्य ज्यान मुद्दामा पक्राउ परेको उनको चार दशकसम्म सुनुवाइ हुन नसकेको हुँदा घर फर्कन नपाएको स्रोतले बताएको छ |

ज्योतिष विद्यामा चासो राख्ने दीपक सानोतिनो काम गर्दै गरेका दीपकको घरको आर्थिक अवस्था निकै नाजुक रहेको थियो।एक दिन उनी तोरीको पोको बेच्न भनेर इलामको मङ्गलबारे हिँडेका थिए तर त्यसपछि कहिले पनि घर फर्केर आएनन | हराएको धेरै वर्षसम्म घर नआएपछि परिवारका सदस्यले उनको मृत्यु भइसकेको आशङ्का गरे। उनि हराएको केही वर्षपछि भारतको दार्जिलिङमा गोर्खाल्याण्ड आन्दोलन चर्क्यो सोहि आन्दोलनमा दीपकको मृत्यु भयो भन्ने परिवारले सोचेका थिए |

देश बाहिर खोज्ने हाम्रो हैसियत थिएन नेपालमा खोज्दा नभेटिएपछि दाजुको मृत्यु भइसक्यो भन्ने लागेको थियो दीपकका काकाका छोरा प्रकाशचन्द्र तिम्सिना बताए |

रोजगारीको शिलशिलामा उनी भारतको दार्जिलिङ गएका रहेछन्। दार्जिलिङमा बस्दै जाँदा उनलाई प्रहरीले पक्राउ गर्‍यो र उनीमाथि कर्तव्य ज्यान मुद्दा लागेको दीपकका काकाका छोरा प्रकाशचन्द्र तिम्सिनाले बताए। सोही मुद्दामा उनी विभिन्न जेल हुँदै अहिले कोलकाताको दमदम कारागारमा पुगेका बताइएको छ।

दीपक कोलकाताको दमदम कारागारमा छन् भन्ने कुरा थाहा पाएपछि गत फागुन ८ गते काँकडभिट्टामा रहेको विश्व सेवा विस्तार मञ्च नाम गरेको संस्थाको सहयोगमा प्रकाशचन्द्र कोलकाता पुगेका थिए । आफ्नो दाजु हो वा होइन भनेर प्रकाशचन्द्रले दीपकलाई परिवारका सदस्य तथा गाउँका बारेमा सोधे। उनले तिनका बारेमा बताएपछि दाजुसँग हात मिलाएको र अङ्कमाल गरेको प्रकाशचन्द्रले बताए। दीपकसँग भेटघाटका क्रममा सुरुमा मानसिक रूपमा विचलित देखिए पनि करिब तीन घण्टाको संवादपछि उनको अवस्था केही हदसम्म सामान्य बनेको प्रकाशचन्द्रले बताए।

दीपककी बुढी आमा धनमाया तिम्सिना कान राम्ररी सुन्दिनन् तर छोरो आउने खबरले उनी उत्साहित बनेकी छन्। छोरो जिउँदो छ भन्ने खबरले हजुरआमाको मुहारमा हाँसो देखिन थालेको छ। दीपक भेटिएको खबरले परिवारमा खुसीयाली छाएको छ |

प्रतिकृया दिनुहोस्