Sunday, April 11

प्रेमपत्रको जवाफ नपाएका किशोरले यसरी गरे कविताको ह त्या , एक वर्षपछि समातिए

March 12, 2021 317

सल्यानको त्रिवेणी गाउँपालिका काभ्राकी १६ वर्षीया कविता बोहराको ज्या न लि ए को एकतर्फी प्रेम गर्ने एक किशोरले गरेको खुलेको छ। गाउँकै १६ वर्षीय किशोरले कवितालाई मन पराउने तर कविताले भने अर्कै व्यक्तिलाई मन पराउने गरेको पाइएको छ। सोही कारण ती किशोरले कविताको ज्या न लि एको निष्कर्षमा प्रहरी पुगेको छ।

सल्यान प्रहरीले अनुसन्धान सकेर आफ्नो प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ। शुक्रबार जिल्ला अदालतमा अभियोजन पत्र दायर गर्ने तयारी भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ। २०७६ फागुन २ गते राति घरनजिकै धा’रि’लो ह ति यार प्र हा र गरी कविताको ज्या न लि एको थियो। तर, एक वर्षसम्म पनि ह’त्या रा पत्ता लाग्न सकेको थिएन। यसबीचमा प्रहरीले तालिमप्राप्त कुकुरदेखि विभिन्न चार वटा अनुसन्धान टोली खटाए पनि अनुसन्धान सफल हुन सकेको थिएन।

कविता जनता मावि काभ्रामा कक्षा ९ मा अध्ययनरत थिइन्। २०७६ फागुन २ गते प्रणय दिवसकै दिन उनको ज्या न लि एको थियो। घरमा फोनको नेटवर्क नटिप्ने भएकाले कविता राति फोन चलाउन घर नजिकैको ढिस्कोमा पुगेकी थिइन्। गोठको अगाडि रहेको ढिस्कोमा बसी फोनमा म्यासेज गरी रहेको अवस्थामा उनको ज्या न लि एको थियो। ती किशोर र कविताकोे घर करिब ५०० मिटरको दुरीमा छ। कविताको जग्गा उनीहरुले कमाउने भएकाले उनीहरुको पहिलेदेखि नै चिनजान थियो। दुई वर्ष अघिदेखि नै उनले कवितालाई मन पराउन थालिसकेका थिए। तर, भन्न सकेका थिएनन्।

उनले पटकपटक चिठ्ठी लेखेर कविताको झोलामा हालिदिएका थिए। कविताले चिठ्ठीको जवाफ दिएकी थिइनन्। कवितालाई फकाउन उनका आफन्तको छोरालाई चाउचाउ बिस्कुट किनिदिन्थे। कविताको घरमा गएर काम पनि सघाउँथे। तर, कविता भने उनीसँग त्यसरी नजिक भइनन्। बरु उनले कविताले अर्कै युवकसँग प्रेम गरेको थाहा पाए। प्रणय दिवसको दिन पनि कुनै वास्ता नगरेपछि आफूलाई ज ल न भएको उनले बताएका छन्।

त्यो दिन बेलुकाको खाना खाएर ती किशोर सुत्न कोठामा गए। तर कोठामा पुगेपछि उनले कवितालाई नै सम्झिएको र निद्रा नलागेको बताएका छन्। उनको मनमा कविताले अर्कै युवकलाई माया गरेको र आफूलाई प्रणय दिवसको दिन पनि नसम्झिएको भन्दै रि स उठेको बताएका छन्। रातको ११ बजे भान्छा कोठामा गएर उनले खु कु री निकाले। घरभन्दा माथि सडकमा निस्की कविता बोहराको घरभन्दा तल पिपलको रुखमा पुगे।

कविताको घरनजिकै रहेको गोठको अगाडि ढिस्कोमा सानो बत्ती बलेको देखे। उनी कविता भए नजिकै पुगे। कविता म्यासेज लेखिरहेकी थिइन्। त्यही बेला ती किशोरले कवितालाई खु’कु री प्र ह री गरी ज्या न लि एको पाइएको अनुसन्धान अधिकृतले बताएका छन्। त्यसपछि उनी खरबारीको बाटो हँुदै घरतर्फ लागे। उनी घर नजिकैको सानो खोल्सामा खु’कु री पखालेको र कपडामा लागेको र ग त समेत पुछेर घर फर्किएका थिए।

कपडामा र ग त लागेकोले निकाली कोठाको कुनामा राखेको र आफू सुतेपनि निद्रा नलागेको उनले प्रहरीलाई बताएका छन्। भोलिपल्ट बिहान ६ बजे किशोरकी आमाले उनलाई बोलाइन् र कवितालाई कसैले का टे को छ रे भनिन्। आमासँग उनी घटनास्थलमा पुगे।

प्रहरीले त्यही बेला उनीसहित चार जनालाई नियन्त्रणमा लिएको थियो। तर ११ बजे छाडिदियो र साढे १२ बजे बोलायो। साढे २ बजेतिर कोहलपुरबाट कुकुरसहितको प्रहरी टोली आइपुग्यो। तर कुकुरले पनि पत्ता लगाउन सकेन। यता उनले भने उक्त घटनादेखि नै विद्यालय छाडेका थिए। केही समय घरमै बसेका उनी पछि ग्यारेजमा काम गर्न थाले। तर एक वर्षसम्म जोगिएका किशोरलाई प्रहरीले पक्राउ गर्‍यो। फागुन ९ गते उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ। ज्या न लि एको अभियुक्तमा किशोर प्रहरी हिरासतमा छन्। शुक्रबार अदालतमा मुद्दा पेस गर्ने तयारी रहेको सल्यान प्रहरी श्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस्