Tuesday, March 2

२६ वर्षिया दक्षिण कोरियाली नायिका सोङ्ग यूको निधन, मृत्युको कारण खुलाइएन !

January 27, 2021 34

दक्षिण कोरियाली चर्चित मोडल तथा नायिका सोङ्ग यू जङ्गको २६ वर्षको उमेरमा शनिबार निधन भएको छ ।

हालसम्म उनको मृत्युको कारण पत्ता लाग्न नसकेको म्यानेजमेन्ट एजेन्सीलाई उद्धित गर्दै न्यू योर्क टाइम्सले जानकारी दिएको छ ।


सोमबार २५ जनवरीमा परिवारका सदस्यको उपस्थितीमा सोङ्गको अन्तिम संस्कार गरिएको छ ।

एक आधिकारिक वक्तव्यमा भनिएको छ, ‘नायिका सोङ्ग यू जङ्गले २३ जनवरी २०२१ मा यो संसारलाई अलविदा भनेकी छिन् । उनको परिवारको इच्छा अनुसार अत्यधिक मौनताका बीच उनको अन्तिम संस्कार २५ जनवरीमा गरिएको छ ।’

कोरियाको एम्स सङ् एजेन्सीले उनलाई एउटा उत्कृष्ट अभिनेत्रीको रुपमा उल्लेख गरेको छ । उनको मृत्युको कारणबारे केहि खुलाइएको छैन ।

 

प्रतिकृया दिनुहोस्