Tuesday, March 2

लजमा सँगै बसेका देवर-भाउजू मृत भेटिए

January 25, 2021 259

घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ ।

बसपार्कस्थित पोखरा होटल एण्ड लजमा बसेका देवर–भाउजूको वि ष सेवनका कारण मृत्यु भएको हुनसक्ने आकलन

दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित शनिबार बिहान महेन्द्रनगर आइपुगेका थिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँको बसपार्कस्थित पोखरा होटल एण्ड लजमा बसेका देवर–भाउजूको वि ष सेवनका कारण मृत्यु भएको हुनसक्ने आकलन गरिएको छ ।

“उनीहरु होटल आउँदा पनि सामान्य अवस्थामा नरहेको बुझिएको छ ।” प्रहरीका अनुसार दुबैको शव महाकाली अस्पतालमा

“भाउजूको हिजो बेलुकी ५:१५ बजे र देवरको राति ११:३० बजे अस्पतालमा उपचारका क्रममा मृत्यु भयो”, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, “घटनाबारे विस्तृतमा अनुसन्धान हुदैछ ।” देवर–भाउजू कहाँ जान यहाँ आइपुगेको भन्नेबारे समेत खुल्नसकेको छैन ।

“उनीहरु होटल आउँदा पनि सामान्य अवस्थामा नरहेको बुझिएको छ ।” प्रहरीका अनुसार दुबैको श-व महाकाली अस्पतालमा राखिएको छ ।

tv.himalayadainikमा खबर छ |

यो पनि पढ्नुहोस |

यमराज बन्दै टिपर: बाटामा हिडिरहेकी १८ वर्षीय अन्सुको लियो ज्यान!

मेचीनगर नगरपालिका- १३ स्थित चन्द्रगढी चारआली सडकखण्डमा टिपरको ठक्करबाट बुधबार बिहान एक पैदल यात्रीको मृत्यु भएको छ।

दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ ख २५१५ टिपर नं. को टिपरले ठक्कर दिँदा पैदल यात्री १८ वर्षीया अन्सु शिवाकोटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए।

शिवाकोटीको टाउकोमा गम्भीरचोट लागेको थियो। तत्काल बिर्तामोडस्थित बिएण्सी हस्पिटल लगिएपनि शिवाकोटीको उपचारकै क्रममा मृत्यु भएको प्रवक्ता थापाले बताए। ।

शिवाकोटीसँगै बाटोमा हिँड्दै गरेका १८ वर्षीय राहुल बस्नेतको हात र खुट्टामा चोट लागेको छ। ठक्कर दिने टिपर तथा टिपर चालक भद्रपुर नगरपालिका – ९ बस्ने सुमन ओझालाई ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको प्रवक्ता थापाले बताए।

प्रतिकृया दिनुहोस्