Tuesday, March 2

८ तस्विरमा हेर्नुहोस् ४९ वर्षमा बिहे गरेका शेरधनका बेहुलो रूप

January 25, 2021 125

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ४९ वर्षको उमेरमा बेहुला बनेका छन् ।सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग विवाह गर्न लागेका मुख्यमन्त्री राई आज काठमाडौंको नक्सालस्थित एलिस रिसेप्शनमा भोज दिँदैछन् ।

मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङ्मु ईन शेर्पासँग लगनगाँठो कसेका हुन् । उनीहरु केही समयदेखि प्रेम सम्वन्धमा थिए । कोरोनाका कारण मुख्यमन्त्रीको विवाहमा थोरै संख्यामा जन्ति लगिएको छ ।


भोजपुरका मुख्यमन्त्री राई र संखुवासभाकी ज्याङ्मुबीच प्रेम विवाह हुन लागेको हो । ‘मिस मंगोल नेपाल’को ताज पहिरिएसँग समाजसेवामा सक्रिय ज्याङ्मु र मुख्यमन्त्री राई समाजसेवाकै सिलसिलामा नजिक भएको बताइन्छ ।

आफ्नो समुदायको परम्परागत पोशाकमा सजिएका राई करिब ११ बजेतिर समारोहस्थलमा प्रवेश गरेका थिए । पर्यटनमन्त्री भानुभक्त ढकाल लगायत नेकपाका केही नेताहरु उनीसँग देखिएका थिए ।

शेरधन राई दुलाहाको लागी २ वटा पोसाकमा सजिएका छन् । सुरुमा किँराती पोसाकमा सजिएका थिए भने पुन शेर्पा जातीको दुलाहाले लगाउने पोसाकमा सजिएका थिए ।

मुख्यमन्त्री राई र जाङ्मु को उमेरअन्तर निकै फरक छ । प्रेममा उमेर र वर्गले छेक्दैन भन्ने भनाइलाई मुख्यमन्त्री राई र जाङ्मुले चरितार्थ गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्