हरेक १० व्यक्तिमध्ये एक जनामा कोरोना संक्रमण हुनसक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ ।जति संख्यामा कोरोना भाइरस लागेको भनिएको छ, त्यो भन्दा धेरै गुणा बढीमा यसको संक्रमण भइसकेको थाहा नपाइएको हुनसक्ने डब्ल्यूएचओले दावी गरेको छ ।
विश्वभरिको कोरोना भाइरस संक्रमणको उपायका बारेमा जेनेभामा जारी डब्ल्यूएचओको नेतृत्वकर्ताहरुको बैठकमा यो अनुमान गरिएको हो ।
अहिले करीव साढे ३ करोड मानिसमा भाइरसको संक्रमण पुष्टि भएको छ । तर संक्रमितको वास्तविक आँकडा ८० करोड हुनसक्ने डब्ल्यूएचओको जिकीर छ ।
गत वर्ष चीनको बुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी १० महिना पुगिसक्दा नियन्त्रणमा आएको छैन ।
डब्ल्यूएचओले लकडाउन खुकुलो वा खुल्ला गर्दा कयै देशमा कोरोनाको दोस्रो लहर सुरु भइसकेको र संक्रमितको संख्या तीब्र दरमा फैलिएको जनाएको छ ।
मंगलबार साँझ यो समाचार तयार गर्दासम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ३८ लाख २ हजार माथि छ भने १० लाख ४९ हजार ९ सय ६६ जनाले ज्यान गुमाइसकेका छन् ।
कोरोना संक्रमितमध्ये २ करोड ६९ लाख १९ हजार भन्दा बढी व्यक्तिहरु कोरोनामुक्त भएर घर फर्किसकेका छन् ।संक्रमित देशहरुमा संयुक्त राज्य अमेरिका पहिलो, भारत दोस्रो, ब्राजिल तेस्रो, रसिया चौथो र कोलम्विया पाँचौ स्थानमा रहेका छन् । ती देशहरुमा संक्रमितको संख्या क्रमस ७६ लाख ८१ हजार, ६६ लाख ९५ हजार, ४९ लाख ४० हजार, १२ लाख ३७ हजार र ८ लाख ६२ हजार रहेको तथ्यांक वल्र्डमिटर डटइन्फोले राखेको छ ।[][]
प्रतिकृया दिनुहोस्