Saturday, January 22

भाग्यमानी व्यक्तिको हत्केलामा मात्रै हुन्छ यस्तो खास चिन्ह, तपाईको हातमा पनि छ की ?

December 19, 2021 44

भाग्यमानी व्यक्तिको हत्केलामा मात्रै हुन्छ यस्तो खास चिन्ह, तपाईको हातमा पनि छ की ?
प्रकाशित मिति: शनिबार, पौष ०३, २०७८ समय: २१:५९:४९
facebook sharing buttonmessenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

हस्तरेखा शास्त्र एक यस्तो विज्ञान हो, जसको मद्दतले तपाइँ आफ्नो हत्केलामा रहेका रेखाहरुबाट आफ्नो बारेमा धेरै थाहा पाउन सक्नुहुन्छ, लगभग सबै मानिसहरुको हत्केला मा धेरै रेखाहरु हुन्छन् र यी सबै रेखाहरुको अध्ययन गर्नुलाई हस्तरेखा विज्ञान भनिन्छ । हस्तरेखाशास्त्र अन्र्तगत हत्केलाका विभिन्न रेखाहरुको अध्ययन गरिने गरिन्छ । हत्केलामा रहेका यस्ता रेखाहरुको माध्यमबाट व्यक्तिको भविष्यको बारेमा जानकारीहरु एकत्रित गर्न सकिन्छ । हाम्रो हातमा कुनै यस्ता चिन्हहरु पनि हुन्छन् जसलाई हस्तरेखामा अधिक महत्व दिने गरेको पाइन्छ । र यो चिन्ह अत्यन्तै शुभ मानिन्छ । आज हामी तपाइँलाई केहि त्यस्ता विशेष संकेतहरु को बारे मा जानकारी दिन जाँदैछौं, जो यदि तपाइँको हत्केला मा छ भने, यो धेरै शुभ मानिन्छ।

हत्केलामा विष्णु चिन्ह: हत्केलामा धेरै रेखाहरु बनेका हुन्छन् ती सबै रेखाहरुले एकअर्कालाई काटेर निस्कने गर्दछन् तर हरेक व्यक्तिको हातको सबैभन्दा माथि हृदय रेखा बनेको हुन्छ जुन गुरुपर्वतको नजीकमा गएर दुई भागमा विभाजीत हुन्छ र यही रेखा तर्जनी र मध्यम औँलाको बिचबाट बन्ने गर्दछ । यही रेखालाई नै विष्णुको चिन्ह भनेर मान्ने गरिन्छ । जसको हत्केलामा यो चिन्ह छ, भगवान विष्णुको आशीर्वाद त्यस व्यक्तिमा सँधै रहन्छ। यस्ता व्यक्तिहरु हरेक क्षेत्रमा सफलता पाउँछन्, उनीहरु चाँडै सफलता हासिल गर्छन्।

हत्केलामा चक्र चिन्ह: यदि हामी समुद्री शास्त्र अनुसार हेर्ने हो भने यसमा यस्तो कुरा उल्लेख गरिएको छ कि जसको हत्केलामा एक चक्र चिन्ह बनेको हुनछ,त्यस्ता व्यक्तिहरु लाई आफ्नो जीवन मा धेरै सफलता प्राप्त हुन्छ। यी मानिसहरु चाँडै आफ्नो सबै इच्छाहरु पूरा गर्छन्, यी व्यक्तिहरु लाई सरकारी सम्मान प्राप्त हुन्छ र यी मानिसहरु देश र विदेश मा प्रसिद्धि पाउँछन्। यदि औँलामा चक्र्को चिन्ह बनेको छ भने यस्ता व्यक्तिहरु बहुतै बुद्धिमान हुने गर्दछन् । यदि कुनै व्यक्ति को दस औंलाहरु को पहिलो टुप्पो मा यस्तो चक्र चिन्ह छ,भने तब उसले राजयोग प्राप्त गर्दछ ।

हत्केलामा शंख चिन्ह: यदि कुनै व्यक्तिको औंलाको पहिलो टुप्पामा शंख जस्तो आकार छ भने त्यस्ता व्यक्तिहरु धेरै बुद्धिमानी मानिन्छन्। यी व्यक्तिहरु लाई आफ्नो जीवन मा अपार धन प्राप्त हुन्छ र उनीहरु प्रसिद्धि पनि पाउँछन्।

हत्केलामा कमलको चिन्ह: यदि कुनै व्यक्तिको हत्केलामा कमल जस्तो आकृति देखिएको छ भने त्यस्ता मानिसहरु मेहनतको कारण आफ्नो जीवनमा अपार धन प्राप्त गर्छन्, यी मानिसहरु गरीब परिवारमा जन्मेका हुन्छन् तर उनीहरु आफ्नो मेहनतको बलमा धेरै सम्पत्ती पाउँछन्। यस्ता व्यक्तिहरुले पैसा त कमाउँछन् नै साथमा मान सम्मान पनि प्राप्त गर्दछन् ।

हत्केलामा माछाको चिन्ह: यदि कुनै व्यक्तिको हत्केलामा माछाको चिन्ह छ भने यो धेरै शुभ मानिन्छ, जहाँ कुनै व्यक्तिको भाग्य रेखा छ, त्यहाँ माछा जस्तै आकृति छ, त्यस्ता व्यक्तिहरु धेरै भाग्यशाली साबित हुन्छन्, यसै कारणले यस्तो चिन्हलाई भगवान विष्णुको प्रतिक मानिन्छ । (नयाँपुस्ता डटकमले जीनासिखो डटकम हिन्दीबाट अनुवाद गरेको हो।)

प्रतिकृया दिनुहोस्