Monday, October 25

कोरिया जान नपाएका युवालाई यस्तो शर्तसहित लैजाने तयारी

September 20, 2021 78

कोरिया जान नपाएका युवालाई यस्तो शर्तसहित लैजाने तयारी

कोरिया जान नपाएका युवालाई यस्तो शर्तसहित लैजाने तयारी

Share
MORE FROM AROUND THE WEB
Mgid
Mgid

7 Little-Known Facts About Barron Trump
Limelight Media

6 Reasons To Worry About Meghan And Harry Marriage
Limelight Media

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान नपाएका नेपाली युवालाई दुईवटा शर्तसहित लैजाने सम्बन्धमा तयारी सुरु भएकोे छ । कोरियन पक्षले नेपालबाट सिधा उडान र कडा स्वास्थ्य मापदण्ड पूरा गरी रोकिएका १० हजारभन्दा बढी युवालाई लैजाने गरी तयारी भएको हो ।

PROMOTED CONTENT
Mgid
Mgid

Most Powerful Of The 5 Remaining Communist Countries In The World
Brainberries

Holly Luyah Displays Her Thick Thighs And Long Legs
Herbeauty

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

के यो’निमा वी’र्य झा’र्दा मो’टाइन्छ ? यस्तो छ रहस्य ! – Samachar Post Dain…
कोरियाबाट फर्केका श्रमिकहरुको संस्था अंकुर नेपाल, वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपाल र मानव संशाधन विकास बोर्ड (एचआरडी) कोरियाबीच यस विषयमा छलफल भएको थियो ।

ईपीएस अन्तर्गत रोकिएका नेपाली युवालाई रोजगारीका लागि कोरिया जाने वातावरण बनाउन नेपाल र कोरियाबीच निरन्तर भइरहेको छलफलपछि रोकिएका नेपाली जाने सम्भावना बढेको छ । कोरियन पक्षले राखेका शर्त पूरा गर्ने सम्बन्धमा नेपाल सरकारले प्रक्रिया पूरा गरेका कारण अब भने कोरिया जाने बाटौ खुल्ने छ ।

अंकुर नेपालका अध्यक्ष लालप्रसाद भट्टराईले कोरियन पक्षले राखेका शर्त नेपालले पूरा गरेका कारण रोकिएका नेपाली जाने वातावरण बनेको बताए । “कोरोना संक्रमणका कारण विगत १ वर्षभन्दा बढी समयदेखि रोकिएका श्रमिकको कोरोना बिमा र नेपाल कोरियाबीच सिधा उडानका विषयहरु रहेका छन्,” उनले भने, “कोरोना बिमाको लागि बिमा कम्पनीहरु छनोट भइसकेको र सिधा उडानका लागि पनि टेण्डर आह्वान भइसकेको छ ।”

सिधा उडानको लागि अक्टोबर ६ मा सम्झौता गरिने तयारी छ । सम्झौतापछि उडान नियमित उडान सुचारु हुने ईपीएस शाखा नेपालका निर्देशक सुरेश राउतले बताए । कोरिया जाने व्यक्तिहरूको पिसिआर परीक्षण नेपालमै व्यवस्थित तथा कडा क्वारेन्टिनको व्यवस्था गरी सिधै एयरपोर्टमा लैजाने गरी तयारी भइरहेको छ ।

यति गरेर पनि कोरिया पुग्दा कोभिड संक्रमण देखिएमा पुनः यो प्रक्रिया रोकि सक्ने भएकोले सबैलाई सावधानी अपनाउन अनुरोध गरिएको छ । यसअघि यही प्रक्रिया अपनाई ८ वटा देशबाट थोरै संख्यामा लैजान सुरु गरेकोमा हाल ३ वटा देशबाट मात्र श्रमिक कोरिया गइरहेका छन् । कारोवार दैनिक

प्रतिकृया दिनुहोस्