Tuesday, October 20

पूर्वी नाका काँकडभिट्टाबाट……३ युवतीको…..उद्दार…!

October 6, 2020 83

पू र्वी नाका काँकडभिट्टाबाट भारततर्फ जाँदै गरेका तीन युवतीको उद्धार गरी माइती नेपालमा राखिएको छ ।नेपाल भारतको सीमा क्षेत्रबाट सुनसरी, गोरखा घर भई भक्तपुर बस्ने र झापाको गौरादह नगरपालिकाका १८ वर्षका युवतीलाई माइती नेपाल र इलाका प्रहरी कार्यालय काँकडभिट्टाले उद्धार गरी माइती नेपालमा राखेको हो ।

उनीहरुले आफ्नै साथीले भारतको पानीटङ्कीमा काम लगाई दिने बहाना बनाएर बोलाएकाले जान लागेको बताएका थिए । सोमबार साँझ पानीटङ्कीतर्फ जान सीमामा घुमफिर गर्ने बहाना बनाएका उनीहरुलाई माइती नेपाल र इप्रका काँकडभिट्टाको प्रहरी टोलीले फेला पारेको थियो ।

तत्काल उद्धार गरी काँकडभिट्टामै रहेको नेपालको कार्यालयमा राखिएको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताए । कोरोना महामारीमा समेत मानव तस्करहरु सीमा क्षेत्रमा सक्रिय रहेको उनी बताउँछन् ।

यस अघि पनि बन्दाबन्दीकै समयमा माइती नेपालले सीमा क्षेत्रबाट चार जनाको रोकथाम र भारतको नयाँ दिल्लीस्थित नेपाली राजदुतावास, मनिपुर प्रहरी, मनिपुर संस्था उज्यालो होमको सहकार्यमा युवतीहरुको उद्दार गरी ल्याइएको बताए ।[][]

प्रतिकृया दिनुहोस्