Sunday, May 16

कोरोना भाइरस नेपाल: कोभिडका कारण सर्वाधिक दैनिक मृत्यु

April 29, 2021 72

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा बिहीवार कोभिडसम्बन्धी कारणले सर्वाधिक दैनिक मृत्यु भएको पुष्टि गरेको छ।

विगत २४ घण्टामा ३५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

नेपालमा कोरोनाभाइरसको सङ्क्रमण सुरु भएयता गत वर्षको कार्तिक १९ गते ३० जनाको निधन भएको थियो।

योसँगै नेपालमा कोरोनाभाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३,२४६ पुगेको छ।

कोरोनाभाइरस सङ्क्रमित पूर्वरानी कोमल शाह आईसीयूमा
काठमाण्डू उपत्यकामा निषेधाज्ञा एक साता मात्रै कि थपिन्छ?
बिहीवार थप ४,८३१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

सो सङ्क्रमण १२,५९७ जनाको पीसीआर र ९६३ जनाको एन्टिजन परीक्षण गर्दा पुष्टि भएको हो।

विगत २४ घण्टामा ८८८ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्क छ।

कोभिड
१२ जिल्लामा ५०० भन्दा धेरै
नेपालमा अहिले कुल ३४,११७ जनाको सक्रिय सङ्क्रमण रहेको छ।

पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लाहरू १२ वटा रहेका छन्: मोरङ, पर्सा, काठमाण्डू, भक्तपुर, ललितपुर, चितवन, कास्की, दाङ, बाँके, रूपन्देही, सुर्खेत र कैलाली।

थप १० जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमितहरू रहेका छन्।

सक्रिय सङ्क्रमितमध्ये २,३६४ जना अस्पतालमा उपचाररत रहेका छन्। तीमध्ये ३३७ जना सघन उपचार कक्षमा र १०७ जना भेन्टिलेटरमा उपचाररत छन्।

भारतमा चौबीसै घण्टा सामूहिक दाहसंस्कार
कोभिड खोपः सुई लगाएपछि पाखुरा र टाउको दुख्ने सामान्य समस्या धेरै जनामा
सबैभन्दा बढी २० देखि ३९ वर्षका
बिहीवार पुष्टि भएका सङ्क्रमितमध्ये काठमाण्डूका १,१२७ जना, ललितपुरका २५१ जना र भक्तपुरका १८२ जना छन्।

रुपन्देहीमा ५२८, बाँकेमा ४८९ र कैलालीमा ३४९ जना सङ्क्रमित थपिएका हुन्।

थपिएका सङ्क्रमितमध्ये ९७ जना भारतबाट नेपाल प्रवेश गर्ने क्रममा नाकामा गरिएको परीक्षणमा भेटिएका हुन्।

मङ्गलवार पुष्टि भएका सङ्क्रमितमध्ये ८९ जना नौ वर्षसम्मका, २९५ जना १० देखि १९ वर्षका र २,५२७ जना २० देखि ३९ वर्षका रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

प्रतिकृया दिनुहोस्