Monday, November 29

गण्डकीको मन्त्रिपरिषद् विस्तार, दीपक मनाङेले मन्त्रीको शपथ लिँदै

April 29, 2021 153

पोखरा — गण्डकी प्रदेशका मुख्मन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका छन् ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले केहीबेरमा सपथ हुने तयारी रहेको बताएका छन् । सरकार विरुद्ध अविश्वासको प्रस्ताव आएका बेला मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

 

सामाजिक विकास मन्त्रालय टुक्र्याएर मनाङेलाई मन्त्री बनाइएको हो । यसअघि माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय भने खाली नै छन् । कानुन मन्त्रालयको जिम्मा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत र कृषि मन्त्रालय मुख्यमन्त्री गुरुङले आफैंले राखेका छन् ।

मनाङे मनाङ प्रदेश ‘ख’ स्वतन्त्र सांसदका रुपमा विजयी भएका थिए । उनी केही समयपछि नेकपामा प्रवेश गरेका थिए भने हालै आफू स्वतन्त्र सांसद भएको भन्दै छुट्टै कुर्सीको व्यवस्था गर्न पार्टीलाई बुझाएको लेबी फिर्ता गर्न प्रदेशसभा सचिवालयमा निवेदन दिएका थिए । बुधबार मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा तय भएको मतदानका बेला भने उनी उपस्थित भएका थिएनन् ।

 

 

प्रतिकृया दिनुहोस्