Monday, October 25

कोरोनाबाट बचाउन ४ बच्चालाई घरमै राखेर गए, आउँदा घरै ज’लेर सबैको मृत्यु

April 28, 2021 302

एजेन्सी । कोरोनाको महामारी फैलिएको भारतमा बालबालिकालाई कोरानोवाट बचाउन एउटै घरमा राखेर गएका आमाबुवा फर्कदा घरै ज’लेर मृत्यु भएको देखेपछि वे हो स भएका छन् । भारतीय राज्य बिहारको राजधानी पटनानजिक अलाउद्दिनचक गाउँमा यो घटना भएको हो । कोरोना महामारीवाट बचाउन अभिभावकले बालबालिकालाई घरमै थु’नेर रा’खेका थिए ।

आफ्ना चार ससाना बच्चालाई आफ्नो झुपडी घरमा बन्द गरेर काममा गएका आमाबुवा घर फर्कदा न घर थियो न छोराछोरी । झुपडीमा अचानक आ’गला’गी हुँदा चारै बच्चाको मृत्यु भएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार आफ्ना साना चार बच्चालाई घरमा थु’नेर आमाबुबा खेतमा गएका थिए। फर्केर आउँदा घरसँगै चारै बच्चाको मृत्यु भएको अवस्थामा फेला परेका थिए । घटनाले गाउँ नै शोकमा डुबेको छ।

त्यो परिवार अलाउद्दिनचक गाउँस्थित एक झुपडी घरमा बस्थे। घरमा ३ छोरा र एक छोरी थिए। छोरीको उमेर १२ वर्ष थियो भने तीन छोरा ५ देखि ८ वर्षसम्मका थिए। त्यस गाउँमा कोरोना निकै फैलिएका कारण आफ्ना छोराछोरीलाइ कोरोनावाट बचाउन बुवाआमाले त्यस्तो उपाय अपनाएका थिए ।

प्रतिकृया दिनुहोस्