Monday, June 14

काँकडभिट्टा नाकाबाट भारतीयलाई नेपाल प्रवेशमा प्रतिबन्ध

April 28, 2021 61

नेपाल भारत सीमा मेची पुलबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिहरु । तस्विर अर्जुन कार्की/ झापा
भारतबाट नेपाल आउने भारतीय नागरिकलाई पूर्वी नाका काँकडभिट्टा नाका प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।

कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि मङ्गलबारदेखि नै लागू हुनेगरी भारतीयलाई काँकडभिट्टा नाकामार्फत नेपाल प्रवेशमा रोक लगाइएको हो ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी सुनिल दाहालले भारतमा तीव्र रुपमा कोभिड १९ को संक्रमण फैलिएको र नेपालमा पनि बढ्दै गएकोले नेपाल आउने भारतीयहरूलाई आजैबाट काँकडभिट्टा नाका प्रवेशमा रोक लगाइएको बताए ।

उनले भारतबाट आउने नेपालीलाई पीसीआर टेस्टको रिपोर्ट हेरेर छोड्ने र नेपालबाट भारत जानेहरूलाई पनि परिचयपत्र देखाएर छोड्ने गरिएको बताए ।

प्रतिकृया दिनुहोस्