Monday, June 14

उद्योग वाणीज्य संघको अध्यक्षको परिवारका ४ जनालाई लक्षण सहितको कोरोना देखिएपछि हेलीकप्टरवाट काठमाडौ

April 27, 2021 39

काठमाडौ । संखुवासभाका उद्योग वाणीज्य संघका अध्यक्षका परिवारमा ४ जनालाई लक्षण सहितको कोरोना पुष्टि भएपछि हेलिकप्टरवाट काठमाडौ ल्याइएको छ । एकै परिवारका ४ सहित ५ जनालाई कोरोना संक्रमित भएपछि काठमाडौ ल्याइएको हो । सोमबार उनीहरुलाई कोरोना पुष्टि भएको हो ।

बाणिज्य संघका अध्यक्ष युवराज शाक्यको परिवारका ४ जना र अर्का एक जनालाई कोरोना पुष्टि भएको हो । उनीहरुलाइ त्यहांको स्थानिय अस्पतालले काठमाडौ रेफर गरेको थियो । जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाका प्रवक्ता रोषण श्रेष्ठका अनुसार अध्यक्ष शाक्यको परिवार सोमबार सिम्रिक एयरको हेलिकप्टरबाट काठमाण्डौ आएका छन् । काठमाण्डौको मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

दोस्रो चरणको कोरोना संक्रमित गम्भीर प्रकृतिको समस्या भएको भन्दै जिल्ला अस्पताल खाँदबारीले रिफर गरेको जनाएको छ । एकै परिवारका ४ जनामध्ये एक जनामा भने स्वास प्रश्वासको समस्या देखिएको जिल्ला अस्पताल खाँदबारीले जनाएको छ । जिल्लामा हालसम्म २५ जनामा कोरोना सं क्र म ण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्