Tuesday, September 21

नाकामा कडाई, पीसीआर रिपोर्टबिना नेपाल प्रवेश निषेध ! (भिडियो रिपोर्टसहित)

April 27, 2021 139

१४ वैशाख २०७८ कैलाली । कैलालीसँग सीमा जोडिएको गौरीफन्टा नाकाबाट पीसीआर परीक्षणबिना भारतीय नागरिकलाई प्रवेशमा रोक लगाइएको छ । कोरोनाको बढी जोखिममा रहेको सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा सीमा नाकासँगै अन्य क्षेत्रमा पनि कडाइ गर्न थालिएको छ ।गड्डाचौकी, गौरीफान्टा नाकामा अहिले हजारौ नागरिकहरु स्वदेश भित्रिरहेका छन् । भारतबाट आउने नागरिकले नाकाबाट आवतजावत गर्दा पीसीआर रिपोर्ट अनिवार्य देखाउनुपर्ने भएको छ ।

सिमानाकामा सुरक्षा ब्यवस्था कडा पारिएको छ । दुई जिल्लाका सुरक्षा अधिकारीको बैठकले विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र लगायतका सबै शैक्षिक संस्थाहरू वैशाख ३१ गतेसम्म बन्द गर्ने, विगतमा सञ्चालित आइसोलेसन, क्वारन्टिनलाई फेरी सक्रिय बनाउने, छोटो दुरीका सवारी साधनलाई कैलाली कञ्चनपुरमा जोर बिजोर प्रणालीमा सञ्चालन गर्ने , होटेल रेस्टुरेन्ट बिहान ८ बजेदेखि राती ८ बजेसम्म मात्रै सञ्चालन गर्ने दिने लगायतका २५ निर्णय भएको छ ।

प्रतिकृया दिनुहोस्