Tuesday, October 20

छोराको ‘शव’ …..अनि छाडेर भागें…!

October 6, 2020 30

जनकपुर — लगालग दुईपल्ट बान्ता भएपछि ६ वर्षीय छोरा आर्यनलाई लिएर बुबा सुधीर पासवान असोज ६ मा प्रादेशिक अस्पताल जनकपुर पुगे । बान्ता भएसँगै उनको शरीर काँपिरहेको थियो ।

‘भूतप्रेत’ लाग्यो कि भन्ने ठानेर आर्यनलाई सुरुमा गाउँकै धामीकोमा लगिएको थियो । तर बिग्रँदो स्वास्थ्य अवस्था देखेर धामीले अस्पताल लैजान सुझाए ।

केही रकम जोरजाम गरेर छोरालाई जनकपुर ल्याएका सुधीरलाई चिकित्सकले बिरामीलाई विराटनगर लैजान भने । ८ हजार रुपैयाँ भाडा तिरी एम्बुलेन्सबाट आर्यनलाई अपराह्न विराटनगर लगियो ।

आर्यनको होस खुलेपछि भेन्टिलेटरमा अझै राख्नुपर्ला र डाक्टरसाब भनेर सोधें,’ सुधीरले आइतबार भने, ‘डाक्टरले दुई–चार दिन राखेर हेरौं न भने ।’

विराट अस्पतालको आकस्मिक कक्षमा उपचार थालियो । आर्यनको अवस्था बिग्रँदो थियो । चिकित्सकले उनलाई भेन्टिलेटरमा राखेर सघन उपचार सुरु गरे । दुई दिनपछि आर्यन अलि तंग्रिए । सुधीरका अनुसार त्यसपछि आर्यनलाई होस पनि आयो ।

छोरा निको भइरहेकामा सुधीर खुसी त मानिरहेका थिए तर अस्पतालको खर्च बढिरहेकामा चिन्तित पनि थिए । धनुषाको सहिदनगर नगरपालिका–६, हरभाडाका सुधीरको फुसको घर छ ।

परिवारमा १० जना छन् । आर्यनभन्दा २ वर्ष जेठा अर्को छोरा पनि छन् । बटैयामा अरूको खेत जोतेर मात्र उनको परिवारको भोक टर्छ । ‘आर्यनको होस खुलेपछि भेन्टिलेटरमा अझै राख्नुपर्ला र डाक्टरसाब भनेर सोधें,’ सुधीरले आइतबार भने, ‘डाक्टरले दुई–चार दिन राखेर हेरौं न भने ।’

आईसीयू र भेन्टिलेटरको महँगो शुल्कको पिरलोले सुधीरले होसमा आएका छोरालाई उक्त कक्षबाट बाहिर निकाल्न चाहेका थिए । ‘दिनदिनै २५ सयदेखि १५ हजार रुपैयाँसम्मको टेस्ट (परीक्षण) गराउनु पर्थ्यो । बिलको मिटर भागिरहेको अनुमान त थियो । तर कहाँबाट त्यत्रो पैसा तिर्ने, मेरो गरिबीले मेरै मजाक उडाइरहेको थियो,’ सुधीरले भने, ‘छोराको अवस्था बुझ्न जाँदा अस्पतालले पहिला बिलकै कुरा गर्‍यो । पैसा तिर्न धेरै किचकिच गर्ने ।’ निमोनियाले ग्रस्त आर्यनलाई असोज ९ मा कोरोना सं-क्रमण पुष्टि भयो । त्यसअघि सुधीरले अस्पताललाई १ लाख ४८ हजार ८ सय ९२ रुपैयाँ बुझाइसकेका थिए ।

‘गाउँमा कोही ऋण दिन तयार भएनन् । चारैतिर हात जोडेर ऋणका लागि हारगुहार गरिरहें । पैसा खोज्दै छौं भनेर अस्पताललाई टारिरहें ।’

‘कोरोना लागेको थाहा पाएपछि मन भारी भयो । कहाँबाट सर्‍यो कोरोना ? डाक्टरलाई सोध्दा यहाँ उपचार गराउन आउने सबैको परीक्षण गर्नुपर्छ, त्यही क्रममा आर्यनको रिपोर्ट यस्तो आएको हो भने,’ सुधीरले थपे ।

छोराको उपचार गराउन सुधीर काकाका छोरासहित विराटनगर गएका थिए । कोरोना रिपोर्ट पोजिटिभ आएपछि आर्यनलाई कोभिड अस्पताल सार्न अस्पतालले दबाब दियो ।

चिकित्सकले आर्यनलाई भेन्टिलेटरको सुविधा भएको कोभिड अस्पतालमा लैजान सुझाए । सुधीर झन् अलमलमा परे । दलित दुसाध परिवारका सुधीर निरक्षर हुन् । आफूले यसबारे केही नबुझेको भन्दै उनले अस्पताललाई नै चाँजोपाँजो मिलाइदिन बिन्ती बिसाए ।

विराट अस्पतालले मोरङको टंकी सिनवारीमा रहेको आफ्नै विराट शिक्षण अस्पतालमा आर्यनलाई रेफर गरिदिए । दुई लाख रुपैयाँ बोकेर गएका सुधीर अस्पताल खर्च र औषधिको पैसा तिरिसक्दा बेखर्ची भइसकेका थिए । ‘धेउवा–कौडी सबै सकियो । विराट शिक्षण अस्पतालले ५७ हजार रुपैयाँको बिल फेरि थमाइदियो,’ सुधीरले भने, ‘गाउँमा कोही ऋण दिन तयार भएनन् । चारैतिर हात जोडेर ऋणका लागि हारगुहार गरिरहें । पैसा खोज्दै छौं भनेर अस्पताललाई टारिरहें ।’

अस्पतालको खर्च कसरी तिर्ने चिन्तामै रहेका सुधीरलाई बिहीबार अर्को वज्र-पात थपियो, छोरा आर्यनको मृत्यु । उनलाई छाती पिटिपिटी रुन मन थियो तर आफ्नो गरिबी सम्झे । अस्पतालको बक्यौता रकम लेखिएको बिल हेरे । छोरा आर्यनको श-व परैबाट नियाले ।

‘अहिले त जिल्ला र त्यसमा पनि पालिका तोकेरै श-व पठाइन्छ । बालक मृत्युबारे कहींकतैबाट पत्तो नचल्दा आश्चर्य लाग्यो ।’

‘आर्यनको श-व लैजान र बिल तिर्न अस्पतालले दबाब दियो,’ सुधीरले भने, ‘शववाहनले १२ हजार रुपैयाँ लाग्छ भन्यो । अस्पतालको ५७ हजार । छामछुम गर्दा गोजीमा १ हजार जति थियो ।

अनि अस्पतालबाट भागेर बस समाएँ र गाउँ फर्किएँ ।’ गाउँमा सबैले सोधे ‘के भो आर्यनलाई ?’ सुधीरले कोरोनाले म-रेको र श-व सेनाले उतै व्यवस्थापन गरेको झूटो कुरा सुनाए ।

स्वास्थ्य मन्त्रालयको असोज १६ को नियमित मिडिया ब्रिफिङमा धनुषाका ६ वर्षीय बालकको कोरोनाका कारण मृत्यु भएको जानकारी गराइयो । ‘हामीले चारैतिर सोधीखोजी गर्दा बालकको मृत्यु भएको भेटिएन,’ कोरोनाबाट मृत्यु हुनेको श व व्यवस्थापनमा खटिएका नेपाली सेना धनुषाका क्याप्टेन सदीप लामाले भने, ‘अहिले त जिल्ला र त्यसमा पनि पालिका तोकेरै श-व पठाइन्छ । बालक मृत्युबारे कहींकतैबाट पत्तो नचल्दा आश्चर्य लाग्यो ।’

कोरोनाबाट मृत्यु भएको बालकको श व ३ दिनसम्म अस्पतालमै अलपत्र परेको र मृत कका आफन्त पनि सम्पर्कमा नरहेको भन्दै विराट शिक्षण अस्पतालबाट शनिबार अपराह्न धनुषाका एसपी रमेश बस्नेतलाई फोन आयो । अस्पतालले उपलब्ध गराएको ठेगानामा इलाका प्रहरी कार्यालय यदुकोहाबाट प्रहरी खटाउँदा सुधीर भेटिए ।

‘अस्पतालको पैसा पनि तिर्न बाँकी थियो । शववाहनलाई तिर्ने पैसा पनि नहुँदा भागेर आएँ,’ सुधीरले प्रहरीलाई सबै घटना सुनाए । लगत्तै धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, एसपी बस्नेत र नेपाली सेनाको श व व्यवस्थापन टोलीका क्याप्टेन लामासहितको बैठकले कोरोनाबाट मृत्यु भएका आर्यनको श व अस्पतालबाट ल्याउने र शववाहनको भाडा जिल्ला प्रशासन कार्यालयले व्यहोर्ने निर्णय गर्‍यो ।

क्याप्टेन लामाका अनुसार शनिबार राति विराटनगर पुगेको शववाहनले आइतबार बिहान आर्यनको श व उनको गाउँ हरभाडा पुर्‍यायो । अजित तिवारीले कान्तिपुरमा खबर लेखेका छन् ।[][]

प्रतिकृया दिनुहोस्