Sunday, May 16

लकडाउनको बेला कुन–कुन पसलहरु खोल्न पाउने ? यो हेर्नुस।

April 26, 2021 193

काठमाडौं उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीले वैशाख १६ गते बिहानदेखि २२ गते राति १२ बजेसम्म लकडाउन जारी गरेका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जारी गरेको सूचनाअनुसार खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्री सम्वन्धि पसल व्यवसाय बाहेकका अन्य पसल व्यवसाय हाललाई बन्द गर्ने निर्णय भएको छ ।

 

खाद्य सामग्रीहरुका पसल व्यवसाय बिहान १० बजेसम्म र बेलुका ५ बजे देखि ७ बजे सम्म खुल्ला गर्न पाइने छ ।

डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्षमात्र बिहान १० बजे देखि बेलुका ५ बजे सम्म सञ्चालन हुनेछन् । खाद्य सामग्री, ग्रोसरी पसल,औषधि पसल जस्ता अत्यावश्यक सेवाका व्यवसाय संचालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्नुपर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस्