Monday, October 25

अस्पतालले उपचार सम्भव छैन भनेर फ’र्काइदिएपछि गं’भीर घा’इते जानुकाको मृ’त्यु

April 26, 2021 330

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ सिमसुवामा भएको मोटरसाइकल दु’र्घटनामा परी घाइते भएकी धनकुटा नगरपालिका–३ कागतेकी जानुका कार्कीको आइतवार राती मृ’त्यु भएको छ । अस्पतालले उपचार सम्भव नहुँने भनेर घर फर्काइएकी ३० बर्षीया कार्कीको राती करिब ८ः३० बजे घरमै मृ’त्यु भएको हो ।

‘अस्पतालले उपचार सम्भव छैन भनेर फ’र्काइदिएपछि राती करिब ८ बजे घर ल्या’इएको रहेछ ।’ धनकुटा–३ का वडाध्यक्ष विकास घिमिरेले भने,‘घर ल्याइपुर्याएको करिब आधा घण्टापछि मृ’त्यु भयो ।’ जानुका र उनका भाई गजेन्द्र धरानबाट धनकुटा आउँदै गर्दा शुक्रबार राती करिब १० बजे सिमसुवामा प्रदेश १–०६–००१ प ००५८ नम्बरको मोटरसाइकल दु’र्घटना भएको थियो ।

दुर्घटनामा परी जानुका गं’भीर घा’इते भएकी थिइन् भने मोटरसाइकल चालक भाई २५ बर्षीय गजेन्द्र सामान्य घा’इते भएका थिए । उनीहरुलाई उपचारका लागि राती नै विराटनगरस्थित वि’राट न’र्सिङ्ग होम पुर्याइएको थियो । गं’भीर घा’इते जानुकालाई आइसीयूमा राखेर उपचार भइरहेको थियो भने भाइ गजेन्द्रलाई भने शनिवार वेलुका अस्पतालले डि’स्चार्ज दियो ।

’टाउकोसहित शरिरका बिभिन्न भा’गमा चो’ट लागेर अचेत अवस्थामा रहेकी जानुकाको स्वास्थ्यमा सुधार हुँने अवस्था नरहेको भन्दै डाक्टरले घर लै’जान भनेपछि उनलाई घर फ’र्काइएको थियो । घर पुर्याएको केही समयपछि नै उनको मृ’त्यु भएको हो ।जानुका इटहरी बस्दै आएकी थिइन् ।

गजेन्द्र शुक्रबार कामको सिलसिलामा धरान झ’रेका थिए । जानुका धरान गएर भाइसँगै मोटरसाइकलमा धनकुटा जादै गर्दा दु’र्घटना भएको हो ।सडकमा थुपारिएको बालुवामा चि’प्लिएर मो’टरसाइकल दु’र्घटना भएको बताइएको छ । वालुवामा चि’प्लिएर मोटरसाइकल प’ल्टिँदा जानुका रोडमा प’छारिएकी थिइन् भने गजेन्द्र वालुवाको थु’प्रोमा परेका थिए ।

वालुवामा परेका कारण गजेन्द्रको शरिरका बिभिन्न भागमा सामान्य चो’टपटक लागेको छ भने सडकमा प’छारिएकी जानुकाको अनुहार, टा’उकोलगायत शरिरका बिभिन्न भा’गमा चोट ला’गेको थियो ।

प्रतिकृया दिनुहोस्