October 6, 2020 138
धनुषा- कोरोना भाइरसको महामारीकाबीच धनुषास्थित जनकपुरका विद्यालय आज मंगलबारबाट सञ्चालन हुँदैछन् ।
जनकपुरधाम उपमहानगरपालिकाले कोरोनाले चैतदेखि बन्द रहेका शैक्षिक संस्थाहरु सञ्चालन गर्ने निर्णय गरेसँगै आजबाट विद्यालय खुल्न लागेका हुन् ।सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी नगरक्षेत्रमा रहेको स्कुलहरु सञ्चालन गर्न दिने निर्णय गरेको थियो।
संघीय सरकारले तोकेको मापदण्ड तथा निर्देशिकाको शर्तहरू पालना गर्ने शर्तमा ६ देखि १२ कक्षासम्मका विद्यालयमा पठनपाठन हुन लागेको उपप्रमुख रिता कुमारी मिश्रले जानकारी दिइन्।
शिशु कक्षा र बाल विकासका कक्षा भने विद्यार्थीको घरघरबाटै सञ्चालन हुनेछन् । यसका लागि शिक्षकहरू घरमै पुगेर ‘होम स्कूलिङ’ सेवा दिने निर्णय भएको उनले बताइन् ।[][]
प्रतिकृया दिनुहोस्