Tuesday, September 21

अब मास्क नलगाई हिँड्नेलाई सडकमै राखिने

April 26, 2021 189

काठमाडौ । सडकमा निस्कदा माक्स लगाउनु भएको छैन भने अब यस्ता ‘होल्डिङ जोन’ मा बस्नु पर्नेछ । काठमाडौमा कोरोनाको जोखिम बढ्दै गएपछि माक्स नलगाउनेलाई सचेत बनाउन प्रहरीले यस्तो कार्य थालेको हो । सडकमै उभ्याएर राख्न यस्ता ‘होल्डिङ जोन’ बनाइएका हुन् । मास्क नलगाउनेहरूलाई राख्न प्रहरीले काठमाडौंका विभिन्न ठाउँका सडकमा ‘होल्डिङ जोन’ बनाएको छ।

कीर्तिपुरमा मात्रै १५ ठाउँमा यस्ता ठाउँ बनाइएका छन्। नयाँ बजार, पाँगा दोबाटो, नगाउँलगायत ठाउँमा होल्डिङ जोन बनाइएको हो। समुदायक प्रहरी साझेदारी अन्तर्गत सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी केन्द्र कीर्तिपुरले मास्क नललाई हिँड्नेलाई कारवाही गर्न होल्डिङ जोन बनाएको हो। मास्क नलगाई हिँड्नेलाई उक्त होल्डिङ जोनमा १५ मिनेटसम्म उभ्याइन्छ। होल्डिङ जोनमा राखेर सम्झाइ बुझाइ गरेर प्रहरीले छाड्ने गरेको छ।

काठमाडौंमा पनि पछिल्लो समय कोरोना संक्रमित बढेका छन्। आइतबार काठमाडौंमा मात्रै एक हजार एक सय जनामा कोरोना देखिएको थियो। भिडभाड कम गर्न काठमाडौं उपत्यकाभित्रका जिल्ला प्रशासन कार्यालयहरू पनि अत्यावश्यक कामबाहेक बन्द गरिएका छन्।

देशका अधिकांश जिल्लामा कोरोना भाइरस बढ्दै गइरहेको छ। कोरोना नियन्त्रण गर्ने विषयमा सरकारी पक्ष छलफलमा रहेको छ। काठमाडौं उपत्यकाका तीनै जिल्लका प्रमुख जिल्ला अधिकारीहरु आज कोभिड(१९ को वर्तमान अवस्थाको बारेमा छलफलमा जुट्दैछन्। यसबिच सरकारले जनस्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई आग्रह गरिरहेको छ।

मास्कको अनिवार्य प्रयोग गर्न र सकेसम्म स्यानिटाइजर र साबुन पानीको प्रयोग गर्न आग्रह गरिएको छ। सार्वजनिक यातायातमा समेत मास्क अनिवार्य गरिएको छ। तर पनि अझै धेरै मानिस मास्कको प्रयोग नगरी हिँडिरहेका देखिन्छन्।

प्रतिकृया दिनुहोस्