Saturday, January 22

बेलामा खानै पाउँदैनन् स्वास्थ्यकर्मी ,पीपीई लगाइरहँदा पसिनाले भित्री लुगा भिजेर निथ्रुक्कै हुन्छ । तिर्खाले ओठ–मुख सुक्छन् ।

April 26, 2021 270

बाँके, रुपन्देही — ‘नाम नलेख्दिनुहोला है !’ उनले भनिन्, ‘छोराछोरीले थाहा पाए भने पीर मान्छन् ।’ शिरदेखि पाउसम्म ‘पर्सनल प्रोटेक्सन इक्विपमेन्ट’ (पीपीई) ले छोपिएकी उनले परिचय दिइनन् । मात्रै जन्मथलो प्यूठान रहेको सुनाइन् । यति भनेपछि काममा लागिन् ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

नेपालगन्जको भेरी अस्पतालमा आइतबार बिरामीलाई अक्सिजन लगाएर वार्डमा लैजाँदै स्वास्थ्यकर्मी । तस्बिर : मधु शाही/कान्तिपुर
१६ लिटर अट्ने सेनिटाइजरको ट्यांकी बोकेर शववाहन, स्ट्रेचर र शव ल्याउने बाटो वरिपरि छर्किंदै गइन् । शनिबार उनलाई अन्य दिनभन्दा बढी धपेडी थियो । एकै दिन चारवटा शव व्यवस्थापन गर्ने जिम्मा थियो । बिहान ७ बजेदेखि शव निकाल्न पीपीई सेट लगाएर बसे पनि नेपाली सेनाको टोली ११ बजेमात्रै आइपुग्यो । ‘यति सकेर खाऊँला भनेको, फेरि अर्को बिरामी सिकिस्त छ रे,’ उनले थकित भावमा साथीसँग भनिन् ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

उनी भेरी अस्पतालको कोभिड वार्डमा हेल्परको काम गर्छिन् । चार महिनाअघि नेपालगन्ज आएकी हुन् । श्रीमान् बितेपछि छोराछोरी पाल्न रोजगारी अति जरुरी थियो । भेरी अस्पतालमा हेल्परको आवश्यकताबारे सुनिन् । उनले सुरुमा कोभिड सर्ने डरले मन खुम्च्याइन् । परिवारको भोको पेट र आर्थिक अभावले जागिरतिर धकेल्यो । जागिर पाएको दिन उनलाई खुसी र दुःख दुवै एकसाथ भयो । खुसी यस अर्थमा उनले घरखर्च पुर्‍याउने भइन् । दुःखचाहिँ कोरोना सर्ने डरले लागेको थियो । ‘घरमा छोराछोरीले के काम गर्नुहुन्छ ममी भनेर सोध्छन्,’ उनले भनिन्, ‘मैले अरू नै काम भनेर ढाँटेकी छु ।’ यसरी झूटो बोलेर जागिर गर्नुका पछाडि सन्तानकै मायाले बाध्य बनाएको उनको भनाइ छ । ‘परिस्थितिअनुसार झूटो पनि बोल्नु पर्दोरहेछ,’ उनले भनिन्, ‘थाहा पाए छोराछोरीले मन दुखाउँछन् ।’

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्