Monday, June 14

टिपरले जन्ती बसलाई ठक्कर दिंदा दुई बालिकाको मृत्यु ….[थप विवरण सहित]

April 25, 2021 221

१२ वैशाख, बुटवल । रुपन्देहीको कोटिहवामा टिपरले जन्ती बसलाई ठक्कर दिंदा दुईजना बालिकाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् ।भैरहवाबाट बुटवल आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले सोही दिशाबाट बुटवल आउँदै गरेको लु १ ख ९६८५ नम्बरको जन्ती बोकेको बसलाई रुपन्देहीको कोटिहवामा पछाडिबाट ठक्कर दिएको हो । दुर्घटनामा परी तिलोत्तमा नगरपालिका–५ की आठ वर्षीया गंगा हरिजन र १० वर्षीया सरस्वती हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्