Monday, October 25

सबै विद्यालय बन्द: यातायातमा जोर–बिजोर लागू हुने

April 25, 2021 273

कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएपछि रुपन्देही प्रशासन कोरोना नियन्त्रण र रोकथाममा जुटेको छ ।आईतबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको सुरक्षा पदाधिकारी तथा स्थानिय तहका प्रमुख, अध्यक्ष एवम प्रतिनिधिहरुको बैठकले सबै स्थानिय तहका सबै शिक्षण संस्था बन्द गरेको निर्णय गरेको छ ।.
शैक्षिक संस्थाहरुले प्रत्यक्ष भौतिक उपस्थितिमा गरिने शिक्षण सिकाइको सट्टा बैकल्पिक माध्यमबाट शिक्षण सिकाइको व्यवस्था गर्न भनेको छ । बैठकमा सबै स्थानिय तहका अध्यक्ष प्रमुख एवम प्रतिनिधिहरुले कोरोना सम्बन्धि जनचेतनामूलक कार्यक्रम वडा र टोल स्तरमा गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिकृया दिनुहोस्