Tuesday, September 21

बाँकेका चिकित्सकको चीत्कार – सरकार ! हामी भयावह अवस्था सामना गर्न नसक्ने भइसक्यौं

April 25, 2021 283

१२ वैशाख, नेपालगञ्ज । बाँकेस्थित भेरी अञ्चल अस्पतालको आईसीयू शय्यामा एक अधबैंसे महिला आलाप-विलाप गरिरहेकी थिइन् । आईसीयू मनिटरको चर्को आवाजले बोली प्रष्ट नसुनिए पनि ‘मेरो मुटुको टुक्रा…मेरो मुटुको टुक्रा…’ भनेको विरक्त चिच्याहट बाहिरसम्म सुनिइरहेको थियो ।
उनी बोलिरहँदा बेडमा रहेका अन्दाजी बीस-पच्चीस वर्षका युवाको शरीर अनियन्त्रित थियो । अक्सिजन सपोर्टमा छट्पटाइरहेका ती युवा आˆनो भएभरको शक्ति खर्चेर बाँच्नको लागि संघर्ष गरिरहेका थिए । रातो कुर्ता सलवारमा भएकी ती महिलाको भावभंगीले ठूलो संकट बोलिरहेको थियो । शायद उनी आमा थिइन् ।
यो बाँकेस्थित भेरी अञ्चल अस्पतालको आईसीयूमा शनिबार देखिएको दृश्य हो । १८ जना गम्भीर किसिमका कोरोना संक्रमित राखिएको उक्त आईसीयू वार्डमा शनिबार मात्रै चार संक्रमितको मृत्यु भयो । सोही अस्पतालका अन्य वार्डमा गरेर गएको दुई दिनमै त्यहाँ १२ जना संक्रमितले ज्यान गुमाए ।
यो तथ्यांक जस्तै डरलाग्दो दृश्य अस्पतालमा जताततै देखिइरहेको थियो ।

प्रतिकृया दिनुहोस्