Tuesday, September 21

धरहराको टुप्पोबाट भुइँमा बजारिदा पनि जिबित रहेकी रमिला सम्मानित !

April 24, 2021 231

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरासँगै ढ’लेकी रमिला श्रेष्ठलाई सम्मान गर्नु भएको छ ।आज धरहराको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रेष्ठलाई सम्मान गर्नु भएको हो। २०७२ वैशाख १२ गते गएको भूकम्पमा धरहरा ढ’ल्दा रमिला धरहराको टुप्पोमा हुनुहुन्थ्यो।

उहाँ धरहरा ढ’लेसँगै भुइँमा ब’जारिनु भएको थियो । यस्तै, उद्घाटन समारोहमा धरहरासँगै ख’सेर घा’इते भएकाहरुको सु-स्वास्थ्यको कामना गरिएको छ भने ज्यान गु’माएकाहरुप्रति श्र’द्धाञ्जली व्यक्त गरिएको छ ।धरहरा पुनर्निर्माणमा योगदान पुर्याएकाहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशंसा पत्र दिनु भएको छ।

यसअघि प्रधानमन्त्री ओलीले २० औं तलामा रहेको बाल्कोनीबाट पुष्पवृष्टि गर्दै धरहराको उद्घाटन गर्नु भएको थियो ।२०७२ बैशाख १२ गते आएको विनाशकारी भू’कम्पले धरहरा ढ’ल्दा ६० जनाले ज्यान गु’माउनुपरेको थियो । साे भूकम्पमा भ’त्केकाे धरहरकाे ठु’टाे संरक्षण गर्दै नजिकै नयाँ धरहरा बनाइएकाे हाे।

यद्यपि धरहराको सबै निर्माण कार्य सम्पन्न भने भइसकेको छैन । हतारहतार बाहिरबाट दे’खिनेगरी धरहरा ठ’ड्याइएको भए पनि भित्री कामहरु, बे’समेन्ट तथा पर्खाल र अन्य संरचना निर्माण्, स’जावट, भूकम्प स’ङ्ग्रहालय निर्माण लगायत काम बाँकी नै छन्।

साथै लिफ्ट प्रविधि समेत राखिएकाेले यसकाे काम पनि सम्पन्न बाँकी छ, धरहरामा जडान गरिने दुईवटा लिफ्टमध्ये एउटा तयार भइसकेको र अर्काे जडानको क्रममा रहेको जनाइएकाे छ । धरहरा निर्माणको ठेक्का रमन क’न्सट्रक्सनले पाएको थियो ।१८८२ सालमा तत्कालीन प्रधानमन्त्री भिमसेन थापाले आफ्नी प्रेमिकाका लागि भनेर धरहरा बनाइएको थियो।

वि.स. १९९० सालमा आएको भू’कम्पले ११ तले धरहरा ९ तल्लेमा सी’मित भयो । पछि तत्कालीन प्रधानमन्त्री जुद्ध शम्शेरले ९ तल्लाबाट ११ तल्ले बनाए । र, २०७२ सालमा आएको वि’नाशका’री भूकम्पले क्ष’तिग्र’स्त धरहरा पुनः २०७८ मा २२ तल्ले बनाइएको छ।

याे धरहरा पुरानाे भन्दा फरक किसिमले बनाइएकाे भए पनि बाहिरबाट हेर्दा पुरानैजस्ताे देखिन्छ । पहिलाकाे धरहराभित्र खालि सिँढी मात्र थिए भने अहिले भित्र संग्रहालय लगायत संरचना रहने बताइएकाे छ । यसमा माथि चढ्नका लागि सिँढीका साथै लिफ्ट प्रविधि छ, भित्र पुस्तकालय समेत रहनेछ।

प्रतिकृया दिनुहोस्