Monday, November 29

दुर्घटनामा आमाबुवा घाइते ८ वर्षका छोराको मृत्यु

April 24, 2021 181

काठमाडौ । पश्चिम दाङमा मंगलबार बेलुका भएको सवारी दूर्घटनामा परि ८ बर्षे बालकको मृत्यु भएको छ । उनका आमा बुवा घाइते भएका छन् । दू’र्घटनामा परि तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ का ८ बर्षीय बालक स्पर्ष आचार्यको मृत्यु भएको छ । उनका बुवा ३९ बर्षीय सुदीप आचार्य र आमा पार्वती आचार्य घाइते भएका छन् । घाइतेको अवस्था सामान्ने रहेको र उनीहरुको उपचार तुलसीपुरमै भइरहेको इलाका प्र’हरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरिक्षक झलकप्रशाद शर्माले जानकारी दिए ।

आमा बुवाको बीचमा मोटरसाईकलमा सवार स्पर्षको दूर्घटना पछि टाउकोमा चो’ट लागेको थियो । उपचारका क्रममा उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मंगलवार बेलुका मृत्यु भएको थियो । बबई गाउँपालिका वडा नं। ६ पञ्चकुलेको वरालोमा सितापुरबाट तुलसीपुर तर्फ आउँदै गरेको रा ५ प ५६०४ नम्बरको र विपरित दिशावाट आउँदै गरेको भे १ ज १००२ नम्बरको जीपले ठक्कर दिदा उक्त दू’र्घटना भएको हो । दू’र्घटना बेलुका साढे ५ बजेतिर भएको थियो । दूर्घटनाको कारण तीब्र गतिलाई मानिएको छ ।

प्रतिकृया दिनुहोस्