Tuesday, September 21

कोरोनाले भयावह बनाईरहेका बेला, कोरोना अस्पतालमा आगलागी, १३ जना बिरामीको मृत्यु

April 23, 2021 350

एजेन्सी । भारतको महाराष्ट्रस्थित पालघर जिल्लाको एक कोरोना अस्पतालमा आगलागी भएको छ । आगलागीबाट १३ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छ ।शुक्रबार बिहान करिब साढे ३ बजेतिर आगलागी भएको हो । आगलागीमा परेर घाइते भएका अन्य बिरामीहरुलाई नजिकैका अस्पतालमा सारिएको छ। आगलागीको कारण खुलेको छैन ।

यसअघि महाराष्ट्रको नासिकमा अक्सिजन लीक हुँदा २४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्