Tuesday, September 21

बुधवार राति एक जनाको टिप्पर र मोटरसाइकल ठोक्किँदा मृत्यु

April 22, 2021 128

धनगढी: धनगढीका एक जनाको टिप्पर र मोटरसाइकल ठोक्किँदा मृत्यु भएको छ।

भक्तपुरको गठ्ठाघरमा बुधवार राति सवा ९ बजे बा ३ ख ४४६५ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको रा २ प ४४३७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलको पछाडि बस्ने कैलालीको धनगढीका ४३ वर्षीय पद्मराज पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पाठकको उपचारका क्रममा बुधवार राति मध्यपुर अस्पताल थिमिमा मृत्यु प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक दाङका २५ वर्षीय उमेश चौधरी घाइते भएका छन्।

प्रतिकृया दिनुहोस्