Tuesday, July 27

आज बिहान पूर्वी नेपाल पुरै अन्धकार !

April 22, 2021 147

आज बिहानैदेखि पूर्वी नेपालको मौसम अचानक बदली भएको छ । पूर्वी नेपाल अन्धाकार भएको छ । हावाहुरी, वर्षा र मेघ गर्जनका कारण मौसम प्रतिकूल बनेको छ ।

पश्चिमी र स्थानीय वायूले प्रभावका कारण आज बिहान मौसममा प्रतिकूल असर परेको मौसम विज्ञान विभागले जनाएको छ ।

बदली हुँदा हावा, पानी र मेघ गर्जनका कारण पूर्वी नेपालमा अन्धकार छाएको छ ।देशका पहाडी र हिमाली क्षेत्रका धेरै स्थानमा तथा पश्चिम तराईमा वर्षा भइरहेको मौसम विज्ञान विभागले जनाएको छ ।

देशका विभिन्न ठाउँमा एकैछिन पानी पर्दै रोकिने र फेरि बादल लागेर पानी पर्ने क्रम चलिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय र पश्चिमी वायुको प्रभावले बिहीवार (आज) दिनभर नै देशका धेरैजसो ठाउँको मौसम यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार अहिले सुदूरपश्चिम, कर्णाली, वाग्मती र गण्डकी प्रदेशमा अलि धेरै पानी परिरहेको छ ।अरू प्रदेशमा भने बादल लागिरहेको र केहीबेरमै पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्