Monday, October 26

यी अभिनेतासँग….नेहा कक्कडले विवाह गर्दै….!

October 5, 2020 194

लिउडकी चर्चित गायिका हुन् नेहा कक्कड । दर्जनौ गीतहरु गाएर चर्चामा आएकी नेहा अहिले प्रेममा छिन् । भारतिय मिडियाका अनुसार उनको विवाहको पनि तय भइसकेको छ ।

उनी केही समयदेखी पंजाबी गायक र अभिनेता रोहनप्रीत सिंहसँग प्रेममा छिन् । रोहनप्रीत रियलिटी शो राइजिंग स्टार २ का रनर-अप हुन् । उनी शो मुझसे शादी करोगेमा पनि देखा परेका थिए ।

रिपोर्टका अनुसार नेहा र रोहनप्रीत केहि महिना अघि म्युजिक भिडियो डायमंड दा छल्लाको सेटमा भेटेका थिए। केहि महिनाअघि एक अर्कासँगको डेटको क्रममा विवाह गर्ने फैसला गरेको बताइएको छ ।

भारतिय मिडियाका अनुसारु यी दुईले मुम्बईमा २४ अक्टोबरमा विवाह गर्न सक्ने बताइएको छ । दुवैले केहि दिनअघि सामाजिक सञ्जालमा आफुहरुको एक भिडियो पनि शेयर गरेका थिए । उनीहरुको विवाह हुने खबरले अहिले फ्यानहरु निकै खुशी भएका छन् ।

भारतकै चर्चित गायिका नेहाका इस्मे तेरा घाटा, मिले हो तुम हमको, काला चस्मा, आख मारे, कोकाकोला, नैना, गल्ली गल्ली, दिलवर दिलवर लगायतका गीतहरु निकै चर्चामा छन् ।[][]

प्रतिकृया दिनुहोस्