काठमाडाैं, १९ असाेज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न प्रधानमन्त्रीसँग माग गर्नुभएकाे छ । प्रधानमन्त्रीसँग आफैले हिजो गरेको बाचा पूरा नगर्दा डा. केसी आज अनसन बस्नुपरेकाे पनि उहाँले बताउनु भएकाे छ ।
‘प्रधानमन्त्रीज्यू गोविन्द केसीले राख्नु भएको कुन माग पूरा नहुने/गर्न नसकिने छ? कुन माग जनहितविपरीत छन्?,’ सोमबार ट्वीट गर्दै थापाले प्रश्न गर्नुभएकाे छ,
‘तपाईं आफैंले हिजो गरेको बाचा पूरा नगर्दा नै यी विषय आज माग बनेका होइनन् र?, ‘केसीसंग संवाद नै गर्दिनँ भन्ने तपाईंको हठले के तपाईंको मान बढाउँछ?’
पूरा गर्न सकिने र गर्नुपर्ने माग केसीले उठाएकाले सम्बोधन गर्न पनि थापाको भनाइ छ। ‘एउटा सत्याग्रहीमाथि दुराग्रह राखेर बेवास्ता गर्नुभयो भने त्यसको ठूलो मूल्य तपाईंले चुकाउनु पर्नेछ,’ थापाले लेख्नुभएकाे छ, ‘प्रमज्यू ख्याल राख्नुहोला, यदि डा.केसीको जीवन तलमाथि भयो भने यसको शतप्रतिशत दोषी तपाईं हो।’
चिकित्सा शिक्षा सुधारको माग राखेर १९ औं पटक २२ दिनदेखि डाक्टर केसी अनसनमा हुनुहुन्छ । जुम्लामा अनसन बस्नुभएका केसीलाई काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पताल राखिएको छ । उहाँको स्वास्थ्य दिनप्रतिदिन बिग्रँदै छ।[][]
[][]
प्रतिकृया दिनुहोस्