Tuesday, September 21

मदनकृष्णको परिवारका सबै सदस्यलाई कोरोना संक्रमण

April 19, 2021 147

काठमाडौं : वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको परिवारका सबै सदस्यलाई कोरोना संक्रमण भएको छ।

कलाकार श्रेष्ठले फेसबुक पेजमा लेख्दै आफू, छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन्।

उनले संक्रमण भइसकेपछि निकै सास्ती हुने भन्दै खेलाँची नगर्न अपिल पनि गरेका छन्। ‘म लगायत मेरा छोरा, छोरी बुहारी र नातिनी पाँचै जनालाई कोरोना पोजेटिभ देखिएको छ। भइसकेपछि सास्ती चाहिँ हुने रहेछ।’ उनले लेखेका छन्, ‘त्यसैले यो भाइरसलाई खेलाँची नगर्नुहोला। जति सकिन्छ कोरोनाबाट सतर्क रहनुहोला।’

प्रतिकृया दिनुहोस्