Friday, July 30

तेह्रथुममा जिप दुर्घटना हुँदा चालक खापुङको मृत्यु

April 19, 2021 283

तेह्रथुम, वैशाख ६ गते । तेह्रथुममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

म्याङलुङदेखि मोराहाङतर्फ जादै गरेको को १ ज ३४०९ नम्बरको जिप लाप्छायाङ टोलमा आइतबार राति साढे ९ बजे दुर्घटना भएको थियो । दुर्घटनामा चालक मेन्छ्यायेम गाउँपालिका ५ का करिब ४६ वर्षीय कृष्ण खापुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । प्रहरीका अनुसार जिप आफैं अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।

सो दुर्घटनामा परी घाइते भएका चालक खापुङको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा राति करिब १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । जिपमा उनी मात्रे रहेको बताइएको छ ।

 

प्रतिकृया दिनुहोस्