Sunday, October 25

पाँच शिशुलाई जन्म दिएकी आमाको स्वास्थ्य सामान्य… एक शिशुको गर्भमै मृत्यु…..!

October 5, 2020 101

काठमाडौँ– थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा एक महिलालले ५ जना शिशुलाई जन्म दिएकी छन् ।

नुवाकोटकी २८ वर्षीया एक महिलाले ५ जना शिशुलाई जन्म दिएकी हुन् ।अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर कृतिपाल सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत ५ जना शिशुको जन्म भएको हो ।

डा सुवेदीको टोलीले शल्यक्रियामार्फत जन्माइएको शिशुहरु मध्ये एकजना भने गर्भमै मृत थिए । अन्य ४ जनाको एनआइसीयुमा अब्जरभेसनमा राखिएको डा सुवेदीले खबरहबलाई बताए । ४ जना शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको डा सुवेदीले बताए ।

डा सुवेदीका अनुसार ८ महिनाको गर्भ भएकी ती महिलाको सोमबार बिहान ४५ मिनेटमा ५ वटा शिशु शल्यक्रियामार्फत जन्मिएका हुन् ।४ शिशुहरुको तौल क्रमश: १ किलो ९ सय ग्राम, १ किलो ८ सय ग्राम, १ किलो ६ सय ग्राम र ८ सय ग्राम रहेको छ ।

डा सुवेदीका अनुसार एउटा महिलाले एकैपटक ५ शिशुलाई जन्म दिनु रियर केस हो ।सामान्यतया गर्भधारणका लागि महिलाले अण्डा उत्पादन हुने औषधि सेवन गरेमा वा कृतिम गर्भाधान आइबिएफ गराउँदा धेरै सन्तान जन्मिने सम्भावना हुन्छ ।

ती महिलालले अण्डा उत्पादन हुने औषधि सेवन गरी गर्भाधान गरेकाले गर्भमा ५ शिशु रहेको डा सुवेदीले बताए ।[][]

प्रतिकृया दिनुहोस्