Sunday, May 16

एउटै फुलको मुल्य १ लाख ! भिडियोमा हेर्नुहोस्, यस्ता नर्सरीमा पाइन्छ १ लाखको फुल

April 17, 2021 91

काठमाण्डौंको मध्यवानेश्वरमा छ न्यू प्रकृति नर्सरी । नर्सरीमा विभिन्न थरीका फुलका विरुवाहरु पाईन्छ । काठमाण्डौ महानगरपालिका वडा नम्वर ३१ मध्यवानेश्वरमा रहेको यो नर्सरी धेरै पुरानो भइसक्यो । ‘अहिले नर्सरीमा एकसय थरीका फुलका विरुवाहरु पाईन्छ’ नर्सरीका संञ्चालक धनन्जय पुडासैनीले बताए ।

उनका अनुसार न्यू प्रकृति नर्सरीमा घर सजावटाका लागि चाहिले सबै फुल तथा विरुवाहरु पाइन्छ । ‘वाउटडोर तथा इनडोर प्लान्ट म कहाँ पाइन्छ’ संचालक धनन्जयले भन्छन्, ‘घर भित्र बेडरुमा राख्ने फुलदेखि घरबाहिर बगैँचामा पाइने आकर्षक विरुवा छन् यहाँ’

उनले यहि व्यवसायबाट आफ्नो घर चलाएका मात्रै छैन राम्रो आम्दानी पनि गरेका छन् । यसअघि व्यवसायीक रुपमा कृषी कर्ममा लागेका उनी नर्सरी पनि कृषी कर्ममै पर्ने बताउछन् । ‘पहिला पनि किसानै थिएँ’ उनले भने, ‘यो पनि कृषी कर्ममै पर्छ ।

नेपालमा पाईने स्थानीय प्रजाती मात्रै नभएर अन्य देशहरुबाट पनि नयाँनयाँ प्रजातिका विरुवा ल्याइने गरेको उनले उनको भनाइ छ । छिमेकी देश भारतसहित थाइल्याण्ड, हल्याण्ड जस्ता देशहरुमा पाइने फुलका विरुवा पनि उनको नर्सरीमा भेटिन्छ । ‘फुल सस्ता पनि छन्, महंगा पनि’ उनले भने, ‘सामान्य पचास रुपैँयादेखि १ लाखसम्मका विरुवा नेपालमा पाइन्छ ।’

प्रतिकृया दिनुहोस्