Saturday, January 22

सेनाको ‘कु’ विरुद्ध आन्दोलनमा बन्दी बनाइएका २३ हजार बर्मेली रिहा हुँदै

April 17, 2021 812

म्यानमारको जुन्ता सरकारले बन्दीगृहमा रहेका २३ हजारभन्दा बढी बन्दीहरूलाई रिहा गर्ने तयारी गरेको छ।

देशभरका विभिन्न बन्दीगृहमा रहेका मध्ये कुल २३ हजारभन्दा बढीलाई नयाँ वर्षको अवसर पारेर रिहा गर्ने तयारी भएको हो। लोकतान्त्रिक सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता नियन्त्रणमा लिएपछि भइरहेको आन्दोलनका क्रममा हजारौ आन्दोलनकारी अहिले बन्दी भएका छन्। तीनै हजारौँ बन्दीहरू मध्ये केहीलाई रिहा गर्ने तयारी भएको एक उच्च अधिकारीले शनिबार जानकारी दिएका छन्।

म्यानमारमा परम्परागत बुद्ध धर्माबलम्बीहरूको नयाँ वर्षको अवसरमा कैदी बन्दीहरूलाई आम माफी दिने चलन अनुसार नै यस पटक बन्दीहरूलाई रिहा गर्न लागिएको हो। गत फेब्रुअरी १ देखि सेनाले सत्ता नियन्त्रणमा लिएपछि म्यानमारमा अहिलेसम्म हजारौ गिरफ्तार भएका छन् भने सयौँ घाइते भएका छन्।

प्रतिकृया दिनुहोस्