Monday, October 25

टिपर पल्टिँदा दाजुभाइको मृत्य, घाईते वडाध्यक्षको नुवाकोटमा उपचार हुँदै

April 16, 2021 51

रसुवा, बैशाख २ । रसुवामा टिपर दुर्घटना हुँदा एकै घरका दुई दाजुभाइको मृत्यु भएको छ ।
रसुवाको कालिका गाउँपालिका २ स्याउबारीमा गएराति बागमती प्रदेश०१–००६ख १६८८ नम्बरको टिपर दुर्घटनामा परेको हो ।

दुर्घटनामा कालिका १ राम्चे घर भएका टिपर चालक २५ वर्षीय सागर तामाङ र उनका दाजु २७ वर्षीय राजेन्द्र तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

राजेन्द्र स्थानीय ग्राङ प्राविका प्रधानाध्यापक हुन्। दुर्घटनामा गम्भीर घाइते उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।

गएराति ११ बजे राम्चेबाट बेत्रावती जाने क्रममा टिपर सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

दुर्घटनामा कालिका गाउँपालिका १ का वडाध्यक्ष मालफुर्पा तामाङ सामान्य घाइते भएको छन् । उनलाई उपचारका लागि नुवाकोट पठाइएको छ ।

दुर्घटना भएको जानकारी राति पौने एक बजेतिर प्रहरीलाई आएको थियो, रसुवा प्रहरी स्रोतले भन्यो, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

प्रतिकृया दिनुहोस्