Tuesday, July 27

आइतबारदेखि काठमाडौंका विद्यालय बन्द हुने

April 16, 2021 419

काठमाडौँ । काठमाडौं जिल्लामा आइतबारदेखि विद्यालयहरू बन्द गर्ने तयारी भैरहेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले विद्यालय बन्द गर्न लगातार अनुरोध गरेपछि शिक्षा विभागले यस्तो तयारी गरेको हो अतिप्रभावितजिल्लामध्येकोएककाठमाडौँको शिक्षा विभागले आइतबारदेखि विद्यालय बन्द गर्ने तयारी गरेको बताइएको छ । त्यसका लागि शुक्रबार सुचना जारी गर्ने तयारी छ ।

भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ७ का आकाश बाडेले पछिल्लो ३ वर्षदेखि व्यवसायिक रुपमा रातो च्याउको खेती गर्दै आएका छन् ।

उनले लगाएको यो च्याउको मूल्य भने निकै महंगो छ । जानकारहरुका अनुसार औषधीय गुण भरिपूर्ण यो रातो च्याउ नेपाली बजारमा प्रतिकिलो १० हजार रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ ।

कृषक एवं च्याउ खेती सम्बन्धी अनुसन्धानमा संलग्न आकाश बाडेका अनुसार ताजा रातो च्याउ दुई हजार र सुकाएर धुलो बनाएर तयार गरिने ९ड्राइ भनौं सुख्खा० रातो च्याउ १० हजार रुपैयाँ प्रतिकिलोमा पाइन्छ ।

‘रातो च्याउलाई जडिबुटीको राजा समेत भन्न गरिन्छ, यो क्यान्सरका विरामीलाई निकै लाभदायक छ’, उनले भने ।

भिडिओमा हामीले रातो च्याउ खेती कसरी गर्ने रु यसको फाइदा के के छ रु अफ्ठ्यारो के के छ रु र अन्य च्याउ खेती पनि कसरी गर्ने भन्ने लगायतका जिज्ञासा मेटाउने प्रयास गरेका छौं । कृपया भिडिओ पूरा हेर्नुहोला ।

प्रतिकृया दिनुहोस्