Sunday, May 16

झापामा एम्बुलेन्स दुर्घटना, चालककाे मृत्यु, सहचालक गम्भीर घाइते

April 16, 2021 91

बिर्तामोड । झापामा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ ।

बिहीवार (आज) बिहान शिवसताक्षी १ दुधेमा भएको एम्बुलेन्स दुर्घटनामा एम्बुलेन्स चालकको मृत्यु भएको छ भने अर्का एक जना गम्भिर घाईते भएका छन ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत दुधे सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा २१ च ७९८४ नम्बरको एम्बुलेन्स आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालक ललितपुरका का उत्सव घिमिरेको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाइते उनको उपचारका लागि बिएण्डसी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हाे । घाइते भएका एम्बुलेन्सका सहचालक सन्तोष तामाङको भने बिएण्डसी अस्पतालमा उपचार भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिकृया दिनुहोस्