Monday, October 25

काठमाडौँमा भिषण हावाहुरी : टिनका छाना उडायो, जनजीवन प्रभावित

April 16, 2021 510

काठमाडौँ ।

आज राती करिब ९.२० बजेबाट काठमाडौँ उपत्यकामा भयानक हावाहुरी आएको छ । करिब ९ बजेबाटै सुरु भएको हावाहुरीको बेग ९.२० बजे निक्कै भयानक बनेको थियो । त्यस लगत्तै उपत्यकाको लगभग सबैस्थानमा बत्ति जादा अन्धकार छाएको छ ।

हावाहुरीबाट के कति क्षति भयो भन्नेबारे अहिले जानकारी प्राप्त भएको छैन । कतिपय यात्रामा भएका अथवा घरबाहिर भएकाहरु नराम्ररी प्रभावित भएका छन् । देशको दक्षिण पश्चिमबाट मेघ गर्जन र चट्याङ सहित वर्षा गराउने बादल विकसित भई रहेको र उक्त प्रणाली उत्तरपूर्व तिर सर्ने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हुरीबतास संगै शहर सुनसान भएको छ ।

काठमाडौँमा बिहिबार साँझ भिषण हावाहुरी चलेको छ । ९ बजेदेखि निरन्तर चलेको हावाहुरीले जनजीवन ब्यापक रुपमा प्रभावित बनेको छ । हावाहुरीले टिनका छाना र टिन उडाएको छ । थप विबरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस्