Tuesday, September 21

अमेरिकी राष्ट्रपति बाइडेनले दिए नेपाली नयाँ वर्षको शुभकामना

April 14, 2021 79

न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले नयाँ वर्ष र नवरात्री लगायतको शुभकामना दिएका छन् ।

उनले ट्वीटरमार्फत नेपाली समुदायलाई समेत तोकेर नयाँ वर्षको शुभकामना दिएका हुन् । साथै बाइडेनले दक्षिण एसियाली र दक्षिणपूर्वी एसियालीहरुलाई विभिन्न उत्सव र चाडपर्वहरुको शुभकामना दिएका हुन् ।

यो साताभर विभिन्न आप्रवासी समुदायबाट अमेरिकामा मनाइने वैशाखी, नवरात्री, नयाँ वर्ष लगायतको आफू र जिल बाइडेनका तर्फबाट शुभकामना व्यक्त गरेका हुन् । बाइडेनले नयाँ वर्षका अवशरमा सबैको परिवारमा समृद्धि र उज्यालोको कामना गरेका छन् ।

अमेरिकामा रहेका नेपालीहरुले पनि बिक्रम सम्बत नयाँ वर्ष मनाइरहेका छन् भने भारतीय लगायत दक्षिण एसियाका अन्य हिन्दु समुदायले बैशाखी मनाएका छन् । बाइडेनले नेपाली लगायत बंगाली, कम्बोडियन, लाओ, म्यानमारिज, सिहालिज, तमिल, थाई र विसु नयाँ वर्षको समेत शुभकामना दिएका छन् ।

प्रतिकृया दिनुहोस्